2026 August 27/ 11:37: 25am

मोतीराम तिमल्सिना
बनेपा

    शनिबार बनेपामा लोकतान्त्रिक–बाम गठबन्धनमा सहभागी दलहरुको तर्फबाट जिल्ला निर्वाचन परिचालन समितिले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७९ को सन्दर्भमा पत्रकारसँग अन्र्तक्रिया कार्यक्रम आयोजना ग¥यो । अन्र्तक्रिया कार्यक्रममा दलका तर्फबाट नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य अक्कल बहादुर थिङ, नेकपा समाजवादीका केन्द्रीय सदस्य टोकबहादुर वाईवा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रुकु चौलागाई र नेपाली काँग्रेसका जिल्ला उप सपभाति रमेश हुमागाईले गठबन्धनको औचित्य, आवश्यकता र उदेश्यका बारेमा धारणा राखे । स्थानीय निर्वाचनमा प्राप्त सफलता नै गठबन्धनको आवश्यकता र औचित्य भएको नेताहरुले बताए । गठबन्धनमा चारवटा दल सहभागि छन् । जिल्लामा चारवटा दलको गठबन्धन विरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा छ । 
    उम्मेदवारहरु प्रतिनिधि सभाका शिवप्रसाद हुमागाई, प्रदेश सभाका रत्न ढकाल, तीर्थ लामा र लक्ष्मण लम्सालले धारणा राखे । काँग्रेसका गुणराज मोक्तानले संचालन गरेको कार्यक्रममा पत्रकारहरु भन्दा धेरै गठबन्धन दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा वितरीत प्रेस नोट गठबन्धनका दलहरुसँग छलफल गरिएको थिएन । नेकपा समाजवादीका जिल्ला सचिव समेत रहेका गोकुल गौतमले पद नपाएको कुण्ठा, एमालेसँग अलग हुनु परेको पीडा प्रेस नोटमा समावेश गरेका थिए । उक्त प्रेस नोटमा समावेश भएका विषयमा राखिएको जिज्ञासामा गठबन्धनका नेताहरु कोहि बोलेनन भने उम्मेदवारहरुले आफुसँग जवाफ नभएको जानकारी दिए । गठबन्धन भित्रको ‘गलित’ अथार्त प्रश्नमा अनुत्तरित जवाफबाट सहभागि कार्यकर्ताहरु समेत निराश भए । सामाजिक सञ्जालमा समेत उक्त प्रश्नको जवाफ गठबन्धनका दलहरुसँग मतदाताहरुले खोजिरहेका छन् । 
    प्रेस नोटमा ‘ओलीले राजनीतिक चातुर्यता देखाएर पार्टीमा नेतृत्व लिन पाए’ उल्लेख गरिएको छ । केपी ओलीले नेकपा एमालेको नेतृत्व लिन पाएको विषय गठबन्धनको चुनावी एजेण्डा हो । उक्त पार्टीको नेतृत्व ओली बाहेक गठबन्धनका दलहरुले लिनु पर्दथ्यो वा त्यहि दलका अरु नेताले ? चासो र चिन्ता जिल्लाको गठबन्धनलाई ओलीले एमालेको नेतृत्व गरेकोमा देखिएको छ । प्रेस नोटमा भनिएको छ –‘ओली प्रतिगमनसँगै लगातार ओारोलो यात्रामा रहेको एमाले पहिलो पार्टी हुने कल्पनातीत दम्भमा अझै छ ।’ एमालेले पहिलो पार्टी हुने उद्घोष दम्भ हुने तर गठबन्धन गरी गरी बहुमत ल्याउने सिण्डिेकट सहितको परमादेश राजनीति चाँहि कस्तो खालको संस्कृति हो ? त्यसलाई गठबन्धनका दलहरुको दम्भ भनिदैन ? ‘एमालेसँग जनताबीच जाने औपचारिक एजेण्डा र मुद्दा समेत छैन’–प्रेस नोटमा उल्लेख गरिएको छ । एमालेलाई एजेण्डा र मुद्दा छैन भन्ने गठबन्धनका चार दल र उम्मेदवारले पत्रकार अन्र्तक्रियामा काभ्रेपलाञ्चोक जिल्लाको विकास र समृद्धीको कुनै एजेण्डा प्रस्तुत गर्न सकेनन् । र गरेनन् पनि । अहिले २० वर्ष पुरानो कामको फेहरिस्त च्यापेर नक्कली धन्दा चलाईरहेका छन् । 
    गठबन्धनका दलहरु भित्रको कुण्ठा पत्रकार सम्मेलनमा छरपस्ट भयो । गठबन्धन किन ? भन्ने प्रश्न राखेर आफैले उत्तर दिएको प्रेस नोटमा निर्वाचन पछि संयुक्त सरकार, सरकारका लागि हुने अनावश्यक तानातान र छिनाझप्टीको श्रृंखला बन्द गर्ने भनिएको छ । निर्वाचन पनि एकल सरकार कसको नेतृत्वमा बन्छ ? प्रधानमन्त्री कुन दलको हुने हो ? एकल सरकार बन्छ ? प्रश्न र उत्तर बीचको तालमेल र मतदातालाई भ्रम पार्न खोजिएको छ । निर्वाचनमा संयुक्त जाने अनि सरकार एकल बनाउने ? गठबन्धनमा रहेका दल मध्ये कुनै एकले बहुमत प्राप्त गर्ने आधार समेत छैन । चरम अवसरवादी, प्रतिगमनकारी र विवादित ब्यक्ति तथा दललाई काभ्रेको इतिहासमा सिमित गर्न गठबन्धन गरिएको दलहरुको नोटमा उल्लेख गरिएको छ । तत्कालीन शेरबहादुर देउवा र गिरिजाप्रसाद कोईरालाले संसद् विघटन गरेर प्रतिगमन गरेको, प्रजातन्त्र र लोकतन्त्र दरबारमा लगेर बुझाएको, २०६२÷०६३ सालको जनआन्दोलनबाट संसद पुर्नस्थापना गरिएको विर्सदै केपी ओलीले ताजा जनादेशमा जान गरिएको संसद् विघटनलाई प्रतिगमन देख्ने जिल्लाका राजनीतिक दलहरुले ओली नेतृत्वको सरकारले ताजा जनादेशमा जान गरेको निर्णयलाई प्रतिगमन देखेर एजेण्डा बनाएका छन् । विकास र समृद्धिको यात्रामा लम्किएको मुलुकलाई अवरोध तुल्याउने गठबन्धन दलको नेतृत्वको सरकारले काभ्रेका ५० भन्दा धेरै योजनामा विनियोजन भएको रकम कटौती गरेर योजनाहरुलाई अधुरो बनाएको छ । त्यसको एउटै उदाहरण पनौती खोपासी सडक हो । गठबन्धन दलहरुले विकास र समृद्धिका कुनै एजेण्डा अन्र्तक्रिया कार्यक्रममा प्रस्तुत गरेनन् । केवल सत्ताको नेतृत्वको लागि गठबन्धन दलका उम्मेदवारहरुलाई मत दिन आग्रह गरे ।