ईलमचा छे नेवा बजी थल रेस्टुरेन्ट
धुलिखेलमा महिलाहरुद्वारा स्थापना गरिएको लाछी समुहले ईलमचा छे नेवा बजी थल अथार्त बुहारी नेवारी खाजा घर शुभारम्भ गरेको छ । समुहमा १४ जना महिला आवद्ध छन् । उक्त रेस्टुरेन्टको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नु भएको छ ।
‘नेवारी सभ्यता संस्कृति अनुसार नेवारी परिकारको खाजा संरक्षणका लागि यो समुहले शुरु गरेको इलमचा छे नेवा बजी थलले ब्यवसायसँगै आर्थिक समृद्धीका लागि योगदान पु¥याउने छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘राजा आनन्ददेवले स्थापना गरेको धुलिखेलको दरवार लाछी नामले प्रख्यात छ । उक्त स्थानमा शुरु भएको होटलले धुलिखेलको सम्पदा र सभ्यतालाई जोगाउन योगदान पु¥याउने विश्वास लिएको छु ।’ उक्त रेस्टुरेन्टमा धुलिखेलमा उत्पादन भएका सामाग्रीहरु प्रयोग गरिने समुहकी अध्यक्ष दिवा ब्याञ्जुले बताउनु भयो । समुहका सदस्यहरुको ५०÷५० हजार लगानी गरी शुरु गरिएको होटल पुरानै घरमा संचालनमा छ ।
कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रोमीप्रसाद व्याञ्जुले शुभकामना दिनुभएको थियो ।
होटल रेस्टुरेन्टको डेकुरेसनका लागि ५ लाख खर्च भएको छ । समुहका सदस्यहरु आफै काम गर्ने गरी शुरु गरिएकाले त्यस बापत हुने खर्च समेत आम्दानी हुनेछ । रेस्टुरेन्टमा धुलिखेलको टिपिकल नेवारी खाजा उपलब्ध हुनेछ । धुलिखेलमा मात्रै पाईने प्याज क्वा उक्त रेस्टुरेन्टमा पाईनेछ । धुलिखेलमा मात्रै बुहारीलाई ईलमचा भनिनेछ । योमरी, चटामरी, बारा लगायतको खाजा उपलब्ध हुनेछ ।





