धुलिखेल/पतंजली योग समिति काभ्रेको आयोजना र धुलिखेल नगर समितिको संयोजनमा धुलिखेल नगरपालिकाको वडा नं. १ देखि वडा नं. १२ सम्म दैनिक रुपमा संचालित वडा स्तरिय योग विज्ञान शिविरको समापन गरिएको छ ।
समापन कार्यक्रमको प्रमुख अतिथि धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जुले गर्नू भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै धुलिखेल नगरलाई शिक्षा, स्वास्थ्य र आधारभुत आवश्यकताको क्षेत्रमा पूर्ण रुपमा निर्भर गराउने लक्षलाई यो योग विज्ञान शिविरको आयोजनाले थप मद्दत पुगेको र आगामी दिनमा स्वास्थ्य क्षेत्रमा पु¥याउनुपर्ने कार्यहरुमा योग साधकहरु सँग हातेमालो गरी अगाडी बढ्ने ब्याञ्जुले बताउनुभयो ।
समारोहमा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले दैनिक योग अभ्यासले मानिसको शरीर मात्र स्वस्थ नभई मानसिक रुपमा पनि स्वस्थ भई समाजमा सकारात्मक योगदान पुग्ने बताउनुभयो । कार्यक्रममा पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रुविन तौजलेले स्वस्थ समाजको निमार्ण गर्न आफू योग जागरणमा लागेको र भविष्यमा बनेपा, धुलिखेल नगरपछि पनौती नगरपालिकामा समेत योग विज्ञान शिविरको आयोजना गर्ने र काभ्रे जिल्लालाई नै योगमय जिल्ला बनाउने लक्ष्य रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा पतंजली योग समिति काभ्रेका अध्यक्ष हरीशरण श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, सल्लाहकार सरिता शाक्य, धुलिखेल नगपरपालिकाका पूर्व उप प्रमुख विमला शर्मा, पतंजली योग समिति काभ्रेका उपाध्यक्ष प्रकाश कायष्ठ, धुलिखेल नगरका संयोजक विष्णू शर्मा, महामन्त्री अरुण चित्रकार, पद्य्मा श्रेष्ठ र खाईवा लामा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैवीच धुलिखेल नगरपालिकाको वडा नं. ९ मा पतंजली योग समिति योग साधना केन्द्रको स्थापना भएको छ । उक्त समितिको संयोजकमा रामचन्द्र हुमागाई, सह–संयोजकमा सरोज हुमागाई, सदस्यहरुमा रामभक्त हुमागाई, मनमायाँ श्रेष्ठ, स्वनी विष्ट, बलराम सिग्देल, रामप्रसाद हुमागाई, सुसान्त सापकोटा र अनन्त हुमागाई रहनुभएको छ भने सल्लाहकारमा वडा अध्यक्ष बद्रि प्रसाद हुमागाई र संयोजक विष्णू शर्मा रहनुभएको छ ।
यस्तै पनौती नगरपालिका वडा नं. ५ स्थित चौकोटमा एक दिने योग विज्ञान शिविरको आयोजना गरिएको छ । शिविरको उद्घाटन उक्त वडाका वडा अध्यक्ष विनोद खत्री र पतंजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले गर्नुभएको थियो । कार्यक्रम बाट चौकोट योग साधना केन्द्रको स्थापना गरिएको थियो । समितिको पदाधिकारीहरुको नाम पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले घोषण गर्नुभएको थियो भने बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले पदस्थापन गराउनुभएको थियो ।
समितिको संयोजकमा सूर्य कमल श्रेष्ठ, र सदस्यहरुमा सानुकाजी महत, मिना श्रेष्ठ, माधव अधिकारी, प्रतिज्ञा भण्डारी र गौरीनाथ प्रधान रहनु भएको छ भने सल्लाहकारमा पनौती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विनोद खत्री, तिर्थमायाँ प्रधान र मैयाँ महत रहनुभएको छ । उक्त योग साधना केन्द्रमा दैनिक रुपमा योग अभ्यास समेत सुचारु रुपमा संचालन भएको छ ।





