2026 August 27/ 10:49: 25am

पनौती/ पनौती नगरपालिका वडा नं. ४, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले दुबै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकार समेतको उपस्थितिका बीच एकीकरण सम्झौतामा हस्ताक्षर गरेका छन्  । 
कार्यक्रममा संयुक्त एकीकरण कार्यदलका संयोजक एवं युवा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष उदयराम कायस्थले अब क्mबिि बलम द्यभबगतषग िभनेर सहकारी संस्थाहरु सञ्चालन गर्न अबको परिस्थितिमा सहज छैन त्यसैले द्यष्न बलम क्तचयलन भन्ने अवधारणालाई अंगिकार गर्नु जरुरी छ । त्यसैको नतिजा स्वरुप आज हामी दुई संस्थाहरु एकीकरणको सम्झौता गर्दैछौं भन्दै एकीकरण प्रकृयामा सहयोग गर्नुहुने सम्पूर्ण अभियानकर्मीहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्नुभयो । 
त्यसैगरी सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जाराले राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरश पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उदेश्यले एकीकरणको आवश्यकता रहेको बताउनु भयो  । हामीले एकीकरणको ढोका खुल्ला राखेका छौं । अन्य संस्थाहरुसँग पनि एकीकरणको छलफल चलिरहेको छ र चलिनै रहनेछ । एकीकरणको बाधक भनेको पद हो, पद कहिले पनि स्थायी हैन त्यसैले म केही पनि पदमा छैन भन्ने सोचेर खाली दिमागले एकीकरणको छलफलमा बस्नु पर्छ अनिमात्र एकीकरणले सार्थकता लिन सक्छ यो एकीकरणको सन्देशले काभ्रेमा द्यष्न ःभचनभच को थालनी भएको र एकीकरणको अभियान सम्झौतासम्म पुग्न सफल भएकोमा दुबै टिम प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्नुभएको थियो । 

२०५१ साल माघ १४ गते स्थापना भई ९ वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको ३८ हजार शेयर सदस्य र ३ अर्ब ७४ करोडको कुल पूँजी रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र २०५३ साल भाद्र १५ गते स्थापना भई ११ हजार शेयर सदस्य र ४५ करोडको कुल पूँजी रहेको युवा बचत तथा ऋण सहकारी संस्थाले एक आपसमा एकीकरण हुने सम्झौता गरेका हुन् । 
स्थापनाकालदेखि नै समुदायमा केन्द्रित रही सञ्चालित यि दुबै संस्था एशियाली ऋण महासंघद्वारा सञ्चालित एक्सेस ब्राण्डिंङ कार्यक्रममा समेत सहभागी संस्थाहरु हुन् । एशियाली ऋण महासंघ र नेफ्स्कुनको अनुगमन र नियमनमा सञ्चालित यि संस्थाहरु मध्ये सामुदायिक एक्सेस सिल्भर ब्राण्ड प्राप्त संस्था हो भने युवा एक्सेस कार्यक्रममा सहभागी संस्था हो । 
दुबै संस्थाको आगामी साधारण सभामा  एकीकरणको प्रस्ताव पारित भएपश्चात दुबै संस्थाको एकीकृत कारोबार हुनेछ । एकीकृत संस्थाको शेयर सदस्य संख्या ४८ हजार र कुल पूँजी रू ४ अर्ब २२ करोड हुनेछ भने शेयर पूँजी रू ३८ करोड पुग्नेछ । लगानीमा रहेको ऋण रू ३ खर्ब ३३ करोड हुनेछ । बचत निक्षेप रू २ अर्ब ७० करोड हुनेछ । जगेडा कोष रू. ३० करोड हुनेछ र अन्य कोषहरु रू २१ करोड गरी जम्मा कोष रू ५१ करोडको जानकारी दिईएको थियो ।