बनेपा/ नेपाली कांग्रेसमा लामो समयदेखी कृयाशिल रहदै आउनु भएकी नेपाली कांग्रेस निकट महिला सघंकी जिल्ला सचिब ज्ञानु काफ्ले नेकपा एमाले प्रवेश गर्नु भएको छ ।
जिल्ला सचिव काफ्लेलाई नेकपा एमाले पोलिट्ब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले एमालेको सदस्यता प्रदान गर्दै स्वागत गर्नु भएको थियो । काफ्लेलाई स्वागत गर्दै एमाले नेता बास्कोटाले नेकपा एमालेको समृद्धिको यात्रामा एउटा आयाम थप्दै काभ्रेको विकास तथा समृद्धि रुचाउने अन्य पार्टीमा रहनु भएका सम्पुर्णलाई नेकपा एमालेमा समाहित भई विकास र समृद्धिको यात्रामा लामबद्द हुन अपिल गर्नु भएको थियो । त्यस्तै रोशी ८ का सुर्य लामा नेकपा माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । उहाँलाई नेकपा एमाले काभ्रेका उपाध्यक्ष एवं प्रदेश सभा सदस्य पुर्व मन्त्री चन्द्र लामाले पार्टी प्रवेश गराउनु भएको थियो ।
त्यसै गरी केहि दिन अघि नेपाली कांग्रेस बनेपा नगर १२ नम्वर वडा समिती उप सभापती वकिलनाथ शर्मा वाग्ले, बनेपा नगर समिति सदस्यहरु गोबिन्द तिमिल्सिना, सुर्यकुमार नापित, बनेपा ६ नम्वर वडा समिति सचिव द्वारिका न्यौपाने लगायत नेकपा एमालेमा प्रवेश गर्नु भएको थियो । एमालेको नीति, सिद्धान्त र विकास मन पराउनेहरु नियमित प्रवेश गर्ने कार्यक्रम रहेको नेकपा एमाले बनेपा नगर कमिटी अधयक्ष रत्नकुश रंिजतले बताउनु भयो ।





