बास्कोटा सर्वसम्मत, गठबन्धन अलमलमा
बनेपा/फराकिलो मतान्तरले तत्कालिन काँग्रेसका जिल्ला सभापति मधु आचार्यलाई पराजय गरी विजयी भएका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज गोकुल बास्कोटा पुनः सोहि क्षेत्रका लागि सर्वसम्मत सिफारिस भएका छन् ।
मन्त्री हुँदा काभ्रेको विकासका बादशाह बनेका बास्कोटासँग प्रतिस्पर्धा गराउने उम्मेदवार गठबन्धनले तय गरेको छैन । नेपाली काँग्रेसले सोहि क्षेत्रबाट दर्जन भन्दा धेरैको नाम सिफारिस गरेको छ भने नेकपा माओवादी अझै अलमलमा छ । गठवन्धनमा रहेका दलहरुले कुन निर्वाचन क्षेत्रको कुन सिट आफुले पाउने टुङ्गो लाग्न सकेको छैन । आकांक्षीहरुको सूची लामो बनाएर निर्वाचनका लागि तयारी गरेका छन् । एमाले काभ्रेको सोमबार बसेको जिल्ला कमिटी बैठकले प्रदेश र प्रतिनिधि सभाबाट आएका नामहरुलाई प्रदेश कमिटी हुँदै केन्द्रिय कमिटीमा पठाउने निर्णय गरेको छ । प्रतिनिधि सभा १ मा एमालेबाट ६ जना र प्रतिनिधि सभा २ मा गोकुल बास्कोटा सर्वस्वत भएका छन् । प्रतिनिधि सभा १ अन्र्तगत क मा १५ जना र ख मा १२ जनाको नाम सिफारिस भएको छ । प्रतिनिधि सभा २ अन्र्तगतको प्रदेश सभा क मा ५ जना र ख मा ७ जनाको नाम सिफारिस भएको छ । त्यस्तै समानुपातिक तर्फ प्रतिनिधि सभामा ८ जना र प्रदेश सभमा २७ जनाको नाम सिफारिस भएको छ । एमालबाट उम्मेदवार बन्न चाहनेहरुको संख्या ८१ रहेको छ । एमालेले जिल्ला अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा ३ सय ६५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । कमिटीमा जिल्ला कमिटीका सबै, सल्लाहकार परिषद्का सबै, जिल्ला स्थित जनसंगठनका अध्यक्ष र सचिव, पालिकास्तरका अध्यक्ष र सचिवहरु निर्वाचन परिचालन कमिटीमा छन् ।
त्यस्तै नेपाली काँग्रेसका तर्फबाट १ सय ३६ जना ब्यक्तिहरुले उम्मेदवार बन्न पाउँ भन्दै कमिटीहरुमा नाम लेखाएका छन् । चुनाव देख्नै नहुने उठिहाल्नु पर्ने रोग सबै दलमा देखिएको छ । वडा अध्यक्ष हुन नपाएका नेताहरु पनि सांसद हुन पाउन भन्दै नाम लेखाएका छन् ।





