2026 August 27/ 08:56: 20am

बनेपा/  बुडोल सामदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले  संस्थामा आबद्ध भई २०७८ सालको एस.इ.इ. परीक्षामा  उत्कृष्ट अंक हासिल गर्ने कोपिला बाल बचत कर्ता भाईबहिनीहरूलाई सम्मान गरेको छ  । 
संस्थाका प्रमुख सल्लाहकार रामहरि के.सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी केसीले विधार्थीहरुलाई उज्वल भविष्यको शुभकामना दिनुभएको थियो भने पढाई सगै प्रविधि शिक्षा प्रदान गरी नेपालमै उच्च शिक्षा हासिल गर्न अनुरोध गर्नु भएको थियो । संस्थाले शुरु गरेको सम्मान कार्यक्रमलाई निरन्तरता दिई बाल बचतकर्ताहरुको हौसला बढाउनु पर्ने केसीले बताउनु भयो । कार्यक्रम संस्थाका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक  प्रकाश भुर्तेलको सभापतित्व  र  संचालन लेखा समिति सदस्य सर्मिला नेपालले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीलेले राख्नु भएको थियो । रायले शिक्षाको लागि उज्यालो नारा सहितको यस वर्षको एस ई ई सम्मान विगतका वर्षहरुको तुलनामा विशेष रहेको बताउनुभयो ।  कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार नवराज वडाल, सल्लाहकार भैरब केसी लगाएतले विद्यार्थिभाइृबहिनीहरुलाई बधाई सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाले यस वर्ष एस.इ.ई परीक्षामा उतिर्ण भएका ५७ जना विधार्थिहरुलाई मायाको चिनो , सम्मान पत्र र मफलर सहित सम्मान गरेको थियो । कार्यक्रममा सभापति प्रकाश भुर्तेलले  शुभकामना मन्तव्य र धन्यवाद ज्ञापन प्रदान गर्नु भएको थियो ।  ।