बर्दिया/नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा महेन्द्रकुमार शर्माको नाम सिफारिस भएको छ । सिफारिस गरिएका उम्मेदवारहरु मध्ये शर्मा बलियो उम्मेदवार हुन् । शर्मा नेपाल विद्यार्थी संघको पुर्व केन्द्रिय अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै पार्टीको पुर्व केन्द्रिय सदस्य र हाल महासमिति सदस्य हुनुहुन्छ । लोकतान्त्रिक पद्दतिलाइ बचाई राख्न कांग्रेस पार्टीले आगामी मंसिर ४ मा हुने चुनावमा उपयुक्त र जनाताको साथको उम्मेदवार बनाउनु आवस्यक रहेको शर्माको भनाई छ । उहाको प्रतिस्पर्धी सन्जय कुमार गौतम पनि उहाँकै क्षेत्रमा हुनुहुन्छ । गौतम नेपाली कांग्रेसको केन्द्रिय सदस्य हुनुहुन्छ । जिल्लामा अहिले गौतम कमजोर उम्मेदवार हुन् । विगतमा जस्तो चर्चा र जनताको अपेक्षा अनुसार काम नगरेको भन्दै उनको आलोचना भएको हुँदै आएको छ । गौतमको पक्षमा पहिलाको जस्तो राम्रो बाताबरण नरहेको कार्यकर्ताहरुले बताएका छन् । गौतमलाई स्थानीय चुनावको समयमा असहयोग गरेको र आफ्नो श्रीमतीलाई टिकट लभिङमा लागेको गुनासो बर्दियाका कार्यकर्तामा रहेको छ । श्रीमती र आफ्ना लागि मात्रै सोच्ने गरेका गौतमको सिफारिसमा रुष्ट कार्यकर्ताहरुले शर्माको उम्मेदवारी हुनु पर्ने बताएका छन् ।





