2026 August 27/ 08:56: 54am

पनौती/  श्री कृष्ण प्रणामी यूवा परिषद जिल्ला समिती काभ्रेको ३१ औ बार्षिक साधारण सभा तथा सेवापुजा प्रशिक्षण कार्यक्रम यूवा परिषदका केन्द्रिय उपाध्यक्ष कौशल फुयालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
फुयालले अहिले यूवाहरुले आफ्नो धर्म सस्कृति संसकार र परम्पराहरुलाई विर्सदै गएको होकि भन्ने भान भईरहेकाले यस तर्फ हामि सचेत रहनु पर्ने बताउनु भयो । देश समाज बदल्ने युवाले र्ने बाटो बिराए भने ट्रयाकमा ल्याउन सबै लाग्नु पर्ने बताउनु भयो । फुयालले प्रणामी समुदाय भित्र र बाहिरका सम्प्रादाय बिच समन्वय रही धार्मिक, आध्यात्मिक, सामाजिक र सास्कृतिक गतिविधिहरुको संरक्षण र संम्बद्र्धनमा सहयोग पुग्ने र यूवाहरुलाई सत्मार्गमा डोर्याउने हेतुले युवाहरु एकत्रित हुनु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला भरिका प्रारम्भिक समितीलाई समेटी सेवा पुजा सम्बन्धि प्रशिक्षण दिईएको थियो । प्रशिक्षक पं प्रचारक श्याम घिमिरेले हिन्धु धर्ममा सबै पुजाका विधि फरक हुने भएकाले गन्तब्य चाहि एउटै रहेको बताउनु भयो । आफ्नो ब्यस्तता दिनचर्यालाई निरन्तरता दिई पुजाको विधि गर्नु पर्ने घिमिरेको भनाई रहेको थियो । कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ७ का वडा अधयक्ष सबिन ताम्राकार लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा यूवा श्रीकृष्ण प्रणामी परिषदका अध्यक्ष उद्धब तिमल्सिनाले विविध धार्मिक एवं अहिंसाबादी सघंसस्थाहरुसगं समन्वय गरेर पशु वली निषेध सचेतना अभियान सञ्चालन गर्ने, लागुपदार्थ एवं दुबर््यसन मुक्त समाजको निमार्ण गर्न जिल्ला भर प्रशिक्षण मुलक कार्यक्रम गर्ने, जहाँ विपती त्याँहा परिषद भन्ने नारालाई लक्ष्यमा पु¥याउने, विशेष गरी यूवा वर्गालाई लक्षित गरेर विद्यालय तथा क्याम्पसमा लागुऔषध तथा दुव्र्यसन विरुद्ध सचेतना मुलक कक्षाहरु सञ्चालन गर्दे शाकाहारी जीवनको आवश्यकता र महत्वका बारेमा उत्प्रेरणा मुलक प्रशिक्षण दिने लगाएतका योजना रहेको बताउनु भएको थियो । कार्यक्रम परिषदका अध्यक्ष उद्धब तिमिल्सनाको सभापतित्वमा  सम्पन्न भएको थियो ।