2026 August 26/ 07:43: 08am

नाला/डाईनमिक युवा बचत तथा ऋण सहकारीसंस्था लिमिटेडको १४ औ वार्षिक साधारण सभा बाट पुनः माधब सिग्देलको नेतृत्वमा नयाँ समिती चयन भएको छ । 
समितीको प्रथम उपाध्यक्षमा पुरुषोतम बजगाई। द्धितिय उपाध्यक्षमा नवराज बजगाई, सचिब बुद्धिकृष्ण घिमिरे, कोषाध्यक्ष गौतम श्रेष्ठ सह सचिब श्रीधर पराजुली सदस्यहरुमा गंगा दाहाल, लक्ष्मण श्रेष्ठ, रामशरण बजगाई, कमल दाहाल र शरण प्रसाद पराजुली रहनु भएको छ । त्यसै गरी लेखा तथा सुपरिक्षण समितीको संयोजकमा उपेन्द्र दाहाल, सदस्यमा बुद्धिमान तामाङ र रमेश दाहाल निर्वाचित हुनु भएको छ । वार्षिक  साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैकका अध्यक्ष केवि उप्रेतिले गर्नु भएको थियो । प्रमुख अतिथी उप्रेतीले कोभिड पछि वित्तिय क्षेत्रमा संकट परिरहेकाले सबै संस्थाहरुमा समस्या थपिएको बताउनु भयो । सहकारी सस्ंथाहरुमा आएको समस्या २ वटा कारणले भएको बताउनु भयो १ वटा चाहि सहकारी आफ्नै सञ्चालकको कारण र अर्काे सहकारीको निर्देशन, निति नियम र अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण अहिले समस्या आएको बताउनु भयो । नेपालमा भएका सहकारीहरु मध्ये विशेष गरी १ सय २१ वटा सहकारीमा ठुलो संकट आएको उप्रेतीले बताउनु भयो । सम्पुर्ण क्षेत्रमा समस्या आएको र त्यसमा सहकारमिा पनि अछुतो रहने कुरै भएन उप्रेतीको भनाई रहेको थियो राज्यले सहकारीलाई कहिलै पनि हेर्ने दृष्टिकोण समेत राम्रो नभएको नियमन गर्ने निकाय दरिलो नभएका कारण १ माथि अर्काे सहकारी संकटमा पर्दे गएको बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, वडा नम्बर ३ का वडा अध्यक्ष रमेश प्रसाद दाहाल, वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, निवर्तमान वडा अध्यक्ष तथा सहकारीका सल्लाहकार केपी दाहाल, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । सस्थाको आर्थिक वर्ष २०७८÷०७९को वार्षिक प्रतिबेदन सचिब उपेन्द्र दाहाल, कोषाध्यक्ष गौतम श्रेष्ठले र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक भुवन श्रेष्ठले सभामा प्रस्तुत गर्नु भएको थियो । सस्थाको शेयर पुजिं २ करोड ३० हजार, कुल कारोबार २५ करोड ८६ लाख, बचत संकलन १५ करोड ८१ लाख ८५ हजार, ऋण लगानी २१ करोड २९ लाख ९४ हजार रहेको जनाएको छ । संस्थाले सहकारीमा रहेका आफ्ना सदस्यलाई सुत्केरी राहत खर्च, रासानायीक मलखरीद विक्रि, किरिया खर्च वितरण, मार्गस्थ विमा, कर्मचारीहरुको दुर्घटना विमा, प्राणघातक रोग लागेका सदस्यलाई आर्थिक सहयोग गर्दे आएको र भाबि योजनामा मोवाई बैकिङ्ग, छात्राबृत्ति वितरण, बनेपा ३ मा रहेको काक्रेमा विश्राम स्थल निमार्ण गर्ने, सदस्यलाई उत्पादन मुखी बनाउनका लागी वालि विमा तथा पशु विमामा प्रत्सोहान गर्ने लगाएतका योजना रहेको सस्थाका अध्यक्ष माधब सिग्देलले बताउनु भयो । साधारण सभामा उत्कृष्ट शेयर धनी, उत्कृष्ट कारोबार गर्ने सदस्य, बाल बचत कर्ता, असली ऋृणी  र  १ लाख शेयर खरीदकर्ता सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानिय कलाकारहरुले सास्कृतिक कार्यक्रम समेत आयोजना गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्षले राख्नु भएको थियो भने सभापतित्व अध्यक्ष माधम सिग्देलले गर्नु भएको थियो ।