2026 August 27/ 09:01: 37am

    बनेपा/बनेपाको बेलर इन्टरनेशनल एकेडेमीमा चाटर्ड एकाउन्टेन्टका लागि अनलाईन कक्षा शुरु गरिएको छ । डिजिटल एजुकेशन पार्टनरसिप कार्यक्रमका लागि ब्रिजवाटर एकेडेमी अफ फाईनान्स एण्ड एकाउन्टीङ्ग प्राली र बेलर एकेडेमी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 
    बेलर एकेडेमीका प्रिन्सिपल इन्दु थापा र व्रिजवाटर एकेडेमीका म्यानेजिङ्ग डाईरेक्टर दिपक कायश्थ बीच कार्यक्रमका सन्दर्भमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २०१० मा बेलरबाट एसएलसी सकाएका कायश्थले कक्षा १२ सम्म सोहि विद्यालयबाट अध्ययन गरेका थिए । नेपालभरका विद्यार्थीहरुका लागि चार्टड एकाउन्टेन्ट अध्ययन गर्न काठमाडौ जानु पर्ने बाध्यता छ । अनलाईन लाईभ एसिसिए क्लासेस शुरु गर्ने गरी बेलर एकेडेमीसँग सम्झौता गरिएको दिपक कायश्थले भन्नुभयो । युकेका उक्त कार्यक्रम विश्वका १ सय ८० वटा मुलुकले मान्यता दिनेछ । +२ पछि अध्ययन शुरु गर्दा साढे ४ वर्ष अध्ययन गर्दा सकिने उक्त कोर्षका बारेमा समयमै बुझाउन सकिएको अवस्थामा बालबाकिलाहरुले एसईई दिएर पनि सँगसँगै अध्ययन गर्न सक्नेछन् । म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि थप कोर्षका रुपमा चार्टड एकाउन्टेन्टको कोर्ष अध्ययन गर्नेछन् । ३ वर्ष इन्टनसिपमा अध्ययन गर्दा लाग्ने ९० प्रतिशत पैसा कमाउन सक्ने उक्त विषय विद्यार्थीहरुले अनलाईनबाट अध्ययन गर्नेछन् । १३ वटा विषय अध्ययन सके लगत्तै अनलाईनबाटै परिक्षा हुनेछ । कोर्ष सम्पन्न हुँदा बालबालिकाहरुले ५ लाख रुपैया तिर्नु पर्ने भए पनि ३ वर्षको इन्टनसिपका कारण ८० हजार मात्रै तिरे पुग्छ । त्यसमा पनि उत्कृष्ट बालबालिकाहरुले छात्रबृत्तिको अवसर पाउनेछन् । 
    पछिल्लो समय अध्ययन पछि विदेशिने क्रम र बेरोजगार हुने क्रम रोक्न बेलर एकेडेमीमा शुरु हुन लागेको उक्त कोर्षले बालबालिकाहरुलाई स्वरोजगार बनाउनेछ । श्रम र पैसा नेपालमै रहनेछ । कार्यक्रममा नेपाल चार्टड एकाउन्टेन्ट एशोसिएसनका अध्यक्ष दिपक पाण्डे, बेलर एकेडेमीका अध्यक्ष भोला थापा लगायतले उक्त कार्यक्रममा बालबालिकाहरुलाई सहज बनाउने बताउनु भयो ।