2026 August 27/ 09:01: 46am

बनेपा/पछिल्ला चार महिनामा सडक दुर्घटनामा २२ जनाको निधन भएको छ । जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पछिल्ला चार महिनामा सडक दुर्घटनाको कारण २२ जनाले ज्यान गुमाएको जानकारी दिएको छ । चार महिनाको अवधीमा १५ हजार २ सय ११ सवारी साधन कारवाहीमा परेका छन् ।
    मृत्यु हुनेमा पुरुष १४ जना छन् । महिला ६ जना र बालबालिका २ समेत गरी २२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी निरिक्षक राजेश सिलवालले बताउनु भयो । चाडपर्व लक्षित सुरक्षा योजनाका सन्दर्भमा ट्राफिक प्रहरीले दुर्घटना हुन नदिन अपनाउनु पर्ने पुर्व तयारीका बारेमा प्रहरी निरीक्षक सिलवालले जानकारी गराउनु भएको थियो । ग्रामीण क्षेत्रमा सडकका समस्या, कम सवारी साधन धेरै यात्रुहरुको चाप, शहरी क्षेत्रका समस्याहरुको समाधान तथा ट्राफिक ब्यवस्थापनका सन्दर्भमा अन्र्तक्रिया गरेको थियो । चाडपर्वको अवसरमा हुन सक्ने भिडभाडका कारण सम्भावित दुर्घटना न्युनिकरण गर्ने र यात्रुहरुलाई सहज यात्राका लागि ट्राफिक ब्यवस्थापनको पुर्व तयारी गरिएको सिलवालले बताउनु भयो । 
    चार महिनामा भएको दुर्घटनामा सख्त घाईते ४८ जना छन् । जसमा ५ बालबालिका, १३ जना महिला र ३० जना पुरुष रहेका छन् । सामान्य घाईते १ सय जना छन् । बालबालिका ३ जना, महिला ४६ जना र पुरुष ५१ जना रहेका छन् । प्रहरीले प्रेसर हर्न बजाउने ४ सय २० वटा सवारी साधनलाई कारवाही गरेको छ । उनिहरुले प्रयोग गरेका सामाग्री जफत गरी जरिवना गरिएको सिलवालले बताउनु भयो । प्रेसर हर्नको कारवाहीबाट मात्रै ट्राफिक प्रहरीले ४ लाख २० हजार राजश्व संकलन गरेको छ । २ हजार वटा स्टिकर बरामद गरिएको छ भने ओभरलोड, जथाभावी पिक एण्ड ड्रप गरेकाका सवारी साधनलाई कारवाही गरिएको छ । कारवाहीबाट पछिल्ला चार महिनामा १ करोड ६५ लाख ९४ हजार ५ सय राजश्व संकलन भएको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले १४ हजार ६ सय ३८ जनालाई अखिमुखीकरण गराईएको छ । दुर्घटना न्यूनीकरणका लागि चालक, सह चालक, बालबालिका, यात्रु र ब्यवसायी लगायत सरोकारवालासँग पटक पटक अन्र्तक्रिया गरिएको, सडकमा दुर्घटना हुन सक्ने सम्भावित स्थानमा होर्डिङ्ग बोर्ड राखिएको, पार्किङ्गलाई ब्यवस्थित बनाउने प्रयास गरिएको प्रहरी निरिक्षक सिलवालले बताउनु भयो ।