2026 August 26/ 02:07: 04am

    आर्थिक मन्दीसँगै किलोमिटर ब्याजका कारण संकटमा परेका पीडितहरु सार्वजनिक हुन थालेसँगै किलोमिटर ब्याज लिनेहरुको लगत संकलन गरी प्रहरीले कारवाही शुरु गरेको छ । गृह मन्त्रालयले विज्ञप्ती प्रकाशन गरी उजुरी गर्न आब्हान गरेको छ । तर किलोमिटर ब्याज लिनेहरु विरुद्ध उजुरी गर्न पीडित डराईरहेका छन् ।
    किलोमिटर ब्याज लिएर पनि हिनामिना गरेको आरोपमा परेको उजुरीका आधारमा प्रहरीले दुई महिला पक्राउ गरेको छ । शान्ति तामाङ र साईली तामाङले विभिन्न ब्यक्तिसँग रकम लिई उक्त रकम हिनामिना गरेको आरोप लागेको छ । प्रहरी प्रमुख एसपी चक्रराज जोशीले पक्राउ परेका महिलाहरुको बारेमा थप अनुसन्धान भईरहेको बताउनु भयो । उनिहरुले सर्वसाधारणलाई धेरै ब्याज दिने प्रलोभनमा करोडौ रकम ठगेको बताईएको छ भने लिएको ब्याज पनि नदिएको बताईएको छ । किलोमिटर ब्याजकै कारण पारिवारीक समस्या सिर्जना भई सम्वन्ध विच्छेदको तयारीमा रहेका बेला प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।