धुलिखेल/नाम एक काम अनेक । काभ्रे धुलिखेल ११ पातलेखेत धामीगाउँका रामबहादुर गौतम भिडियो मार्फत सार्वजनिक भए पनि सहकारीका सदस्यहरु रकम फिर्ता हुने विश्वासमा छैनन् ।
२०५२ सालमा सामान्य कृषक गौतमको अस्वभाविक सम्पतिका कारण सर्वसाधारण त चकित छन नै सरकारी निकाय पनि मौन छन् । सम्पति शुद्धिकरण लगायतका कार्यालयहरु गौतमको अस्वभाविक सम्पति छानविनका लागि चुपचाप छन् । गौतम जोगाउन प्रचण्ड देखि अन्य नेताहरु दौडधुपमा छन् । गौतम श्री सहकारीमा बचत गर्नेहरु पनि संकटमा छन् । धेरै ब्याज आउने प्रलोभनमा बैंकलाई भन्दा सहकारीलाई विश्वास गरेका सर्वसाधारणहरु सहकारीका संचालक फरार भए लगत्तै तनावमा थिए । राजनीतिक पहुँचमा रहेका गौतम सुरक्षित रहन भिडियो सन्देश सार्वजनिक गरेका छन् । माओवादी नेता पुष्पकमल दाहाल, सभामुख अग्नि सापकोटा, पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व मुख्य सचिव लिलामणी पौडेल लगायतका माओवादीका शिर्ष नेताहरु गौतमका सहयोगी हुन् । ब्यवसायीक साझेदार समेत रहेका कारण उनी सँगका धेरै ब्यक्तिहरु खुल्न चाहेका छैनन् । गौतम फरार भए लगत्तै पातलेखेतमा रहेको गाई फार्ममा शिल गरिएको छ । भएका गाईहरु विक्री गर्न रोक लगाईएको छ भने सम्पत्ति विक्री वितरणका लागि रोक्का राखिएको छ । पातलेखेतमा ५० रोपनी जमिन जोडेका गौतमले जिल्लाका अन्य क्षेत्रमा पनि जग्गा खरिद गरेका छन् । सहकारीबाट ऋण लिएर जग्गा लिलामीमा परेकाहरु तिलक तामाङ लगायतले गौतमले सहकारीको भन्दा चर्काे ब्याज लिएकाले संकटमा परेको बताएका थिए । उनले ६ लाख लिएर १६ रोपनी जग्गा लिलामीमा परेको थियो । ऋण लिएका मध्ये केहिले स्वेच्छामा जमिन विक्री गरेको बताएका छन् । पातलखेतका रामशरण बडालले दाईहरुले लिएको ऋणमा जग्गा विक्री भएको भए पनि आफुले गौतम ओभरसिससँग चलन चल्तिको मुल्यमा खरिद गरेको बताए । आफ्नो जग्गा आफै खरिद गरेका बडालले पारिवारीक विषयमा धेरै नबोल्ने बताए ।
गाई फार्ममा विजुली चोरी बालेका गौतम विरुद्ध मुद्दा चलाउनु पर्ने भए पनि काम गर्ने कर्मचारीहरुलाई मुद्दा चलाईएको थियो । त्यतिबेला लाईन काट्न गएका विद्युत प्राधिकरणका कर्मचारीहरुलाई फार्म भित्रै राखेर भौतिक आक्रमण गरिएको थियो । पक्राउ परेकाहरुलाई छुटाउन तत्कालिन जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका सुब्बा चिरञ्जिवी पोखरेल र सरकारी वकिल कार्यालयमा कार्यरत एक कर्मचारीले १० लाख रकम घुस बापत लिएका थिए । पैसा मतलब नगर्ने गौतम सहकारीको अर्बाै रकम हिनामिना गरेर फरार भए पछि जिल्लामा रहेका साना बचतकर्ताहरुको पनि होस उडेको छ । १५ करोड सम्म बचत गरेको बताउँदै आएका बचतकर्ताहरुले तत्काल रकम फिर्ता गर्न माग गरेका छन् । उनले सहकारीलाई पारिवारीक बनाएका थिए । त्यति हुँदा पनि सहकारी विभाग आँखा चिम्लिएर बसेको थियो । शक्ति र पहुँचका आधारमा अनुगमन र कारवाही गर्ने सरकारी संयन्त्रकै कारण गौतमको मनोबल बढिरहेको थियो । काठमाडौका जनक विस्टको ९ करोड जम्मा भएको थियो । पटक पटक रकम फिर्ता गर्न माग गर्दै उनको परिवार सहकारीमा पुगे पनि रकम फिर्ता हुन सकेको छैन । उनि जस्ता थुप्रै ब्यक्तिहरुको रकम फिर्ता गर्न बाँकी छ । पातलेखेतमा मात्रै १ सय भन्दा धेरै ब्यक्तिहरुको रकम फिर्ता गर्न बाँकी छ । ऋण लिएकाहरुको समयमै रकम नतिरेको भन्दै घरबास उठाएका केहि ब्यक्तिहरु अहिले गौतमकै कारण बोल्न सकिरहेका छैनन । त्यति धेरै रकम जम्मा गरेका गौतमलाई भाग्ने आँट कसरी आयो ? वा फर्कने सुत्रधार कसरी बन्यो ? बचतकर्ताहरुले ब्याज छुट दिन अनुनय विनय गरेका गौतमले कहाँ डुबाए रकम ? छानविनबाट केहि आउने विश्वासमा बचतकर्ताहरु छन् ।
सम्पत्ति छानविनको माग
रामबहादुर गौतमको सम्पति छानविन गर्न माग गरिएको छ । चीनबाट मेशिनरी सामान ल्याउँदा किलोका किलो सुन ल्याउने गरेका गौतम एकाएक धनी भए सँगै उनको चर्चा शुरु भएको थियो । माओवादी सशस्त्र युद्धको समयको श्रोत नखुलेको रकम पनि उनैसँग भएको चर्चा छ । शान्ति प्रकृयामा आए लगत्तै माओवादी नेताहरुको संलग्नतामा उनले सुन लगायतका अन्य अबैध कार्य गरेको बताईन्छ ।





