2026 August 26/ 02:07: 05am

बनेपा/विन्धाबासिनी बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक समिक्षा तथा रणनीतिक कार्यशाला गोष्ठी गत शनिबार बनेपामा सम्पन्न भएको छ । 
वार्षिक समीक्षा तथा रणनीतिक कार्यशाला गोष्ठीमा ४६ हजार शेयर सदस्य तथा नौ हजार २५ बाल वचत कर्तालाई सेवा दिईरहको संस्थाका प्रमुख कार्यकारी अधिकृत केवि लामाले जानकारी दिनु भयो ।   संस्थाको आर्थिक बर्ष २०७८/७९ मा कुल कारोबार ४ अर्ब ३० करोड, शेयर पुंजी ४४ करोड ३१ लाख बचत रकम ३ अर्ब ४ लाख र ऋण लगानी ३ अर्ब ४८ करोड रहेको कार्यकारी अधिकृत लामाले बताउनु भयो । कार्यक्रममा संस्थाको सबल पक्ष, कमजोर पक्ष, अवसर र चुनौती  पहिचान तथा विश्लेषण गरी चालु आ.व.को कार्यदिशा समेत तय गरेको लामाले जानकारी दिनुभयो । कार्यकारी अधिकृत लामाले सहकारी काभ्रेपलाञ्चोक, काठमाडौ र भक्तपुर जिल्ला (सूर्यविनायक नगरपालिका) लाई कार्यक्षेत्र बनाई संचालन भईरहेको बिन्धबासिनी वचत तथा ऋण सहकारी संस्थाले ५५ हजार भन्दा बढीलाई प्रत्यक्ष सेवा दिन सफल भएको बताउनु भयो ।   
 सहकारी क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल विन्धाबासीनी संस्थाले १५ वटा सेवा कार्यालय र सेवा केन्द्र मार्फत सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्दै आईरहेको छ । नेपालको सहकारी ईतिहासमा नै अक्कुबाट पहिलो पटक एशियाली स्तरको प्रमुख कार्यकारी अधिकृत अन्तर्राष्ट्रिय अवार्ड २०२१ प्राप्त गर्न सफल यस संस्थाले अन्तर्राष्ट्रिय पुरस्कार क्यूमी अवार्ड, एशियाली ऋण महासंघबाट एशियाली स्तरको एक्सेस ब्राण्ड, अमेरिकामा रहेको मिक्स मार्केटबाट पाँचतारा चिन्ह समेत पाईसकेको यस संस्थाले राष्ट्रिय स्तरमा समेत विभिन्न पुरस्कार सम्मान प्राप्त गरेको छ कार्यक्रमा बताईएको थियो  । सहकारी क्षेत्रमा नविनतम प्रविधिलाई सदस्य माझ पु¥याउन संस्थाले विभिन्न सेवा प्रदायक कम्पनीहरुसंग समन्वय गरी मोवाईल बैकिङ सेवा, एटिएम सेवा, नविनतम कृषि प्राविधिक सेवा, आयमुलक सिपमुलक तालिम, उद्यमशिलता तालिम, वित्तीय साक्षरता कार्यक्रम गर्दै आईरहेको र उक्त संस्थाले सदस्यहरुलाई आपत विपत पर्दा विभिन्न राहत कार्यक्रम मार्फत रु. ८१ हजार सम्म सुविधा पाउने व्यवस्था गरेको जनाएको छ ।
संस्थाका उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा संस्थाले गत आर्थिक वर्षको समिक्षा गर्नुको साथै चालु आर्थिक वर्षको व्यवसायिक रणनीति तय गरेको थियो ।  कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमितिका पदाधिकारी एवं उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिलाई  संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले  स्वागत गर्नुभएको थियो भने कार्यक्रम संचालन संचालक समितिका सदस्य डोरेन्द्रराज सापकोटाले गर्नुभएको थियो ।