बनेपा/बनेपा नगरपालिकाले आगामी साउन १ बाट पुर्ण रुपमा सडकको दायाँ बाँयाको फुटपाथ लगाएतका सार्वजानिक स्थानमा ब्यपार ब्यबसाय गर्न रोक लगाउने भएको छ । उक्त दिन देखी नै घर पसल बाट निस्कने जैविक(कुहिने) र अजैविक (नकुहिने) फोहोर बर्गिकरण गरेर मात्र सकंलन गर्ने बताएको छ । नगर क्षेत्र भित्रको सरसफाई र पार्ककिङ्ग ब्यबस्थापन गर्न सबै नगरबासीको साथ र सहयोग चाहिने नगर प्रमुख शान्ति रत्न शाक्यले बताउनु भयो । फुटपाथ तथा अन्य सार्वजानिक स्थानमा राखिएका निमार्ण सामाग्री हटाई नगरको सौन्दर्यकरण कार्यमा सबैको साथ चाहिने शाक्यले बताउनु भयो ।
नगरपालिकाले गरेको पटक पटकको अनुरोधलाई अटेर गरी ब्यबसाय सञ्चालन गरेमा कानुन अनुसार कार्वाहि गरिने समेत जनाएको छ । नगरमा फोहोर ब्यबस्थापनको ठुलो चुनौती रहेकाले अब वडा–वडामा फोहोर ब्यबस्थापन गर्नु पर्ने बताएको छ । बनेपा नगरपालकाको आयोजनामा र काठमाडौं बिश्वबिद्धालय सामुदायिक सम्बन्ध बिस्तार महाशाखाको सहजिकरणमा फोहोरमैला ब्यबस्थापन र समुदायको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । अन्र्तक्रिया कार्यक्रममा नगर प्रमुख शान्ती रत्न शाक्यले बनेपाको फोहोर केहि समय पछि बनेपामै ब्यबस्थापन हुने बताउनु भयो । नगरबासीहरुले फोहोरलाई बर्गिकरण गर्नु पर्ने र फोहोरलाई मोहोरका रुपमा रुपान्तरण गर्न लागिएको शाक्यले बताउनु भयो । कार्यक्रममा उप प्रमुख विमला सापकोटा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न सघं सस्थाका प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो । काठमाडौ विश्वविद्यालयका डा. बाताबरण विभागका डनि डा.मेटमणी दाहाल, वाताबरण ईन्जिनियर विकास अधिकारीले सहजिकरण गर्नु भएको थियो ।





