2026 August 27/ 01:53: 54am

बनेपा/सूचक प्रकाशनको १५ औं बार्षिकोत्सव तथा सूचक सम्मान समर्पण समारोहमा सूचक प्रकाशनद्धारा काभ्रेको बनेपामा आयोजित कार्यक्रममा नेपाल समाचारपत्रकर्मी भगवती तिमल्सिना सम्मानीत हुनु भएको छ ।
उक्त कार्यक्रममा पत्रकार तिमल्सिना, बरिष्ठ साहित्यकार मोहन दुवालका साथ विभिन्न विधाका पाँच जनालाई सम्मान गरिएको थियो । कार्यक्रममका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा.दिनेशराज पन्तले सूचक प्रकाशनले थालनी गरेको सूचक सम्मानबाट सम्मानीति व्यक्तित्वहरुलाई काभ्रेको उर्बर क्षेत्र काभ्रेमा सम्मान गरेकोमा प्राचिनकाल देखिको ऐतिहासिक थलोको समेत सम्मान गरेको अनुभूत गरेको छु भन्नुभयो । उहाँले लिच्छवि कालको स्मरण गराउँदै काभ्रेको उर्बर भूमिको महत्व र भक्तपुरको त्रिपुर दरबार र काभ्रेले पालैपालो राजसंस्था चलाउने गरेका कारण थप ऐतिहासिक स्वतन्त्र राज्यमा सम्मान गर्न पाउँनु र सम्मानीत हुन पाउँनु खुशीको कुरा हो भन्नुभयो ।
कार्यक्रममका प्रमुख अतिथि पन्तले बरिष्ठ साहित्यकार मोहन दुवाल, साहित्यकार धु्रब अधिकर्मी, साहित्यकार हरि मञ्जुश्री, समाजसेवी शंकर खड्का र पत्रकार भगवती तिमल्सिनालाई कदरपत्रद्धारा सम्मान गर्नुभएको थियो । सोही अवसरमा सम्मानीत व्यक्तित्व वरिष्ठ साहित्यकार दुवालले साहित्यकार, समाजसेवी, पत्रकारलाई एकैथलोमा एक साथ सम्मान गर्ने सूचक प्रकाशन र सम्मानीत व्यक्तित्वहरुलाई बधाई ज्ञापन गर्दै साहित्य, कला, पत्रकारिता, पुस्तकालयको अवधारण बोकेर अघि बढेका काभ्रेका ऐतिहासिक थलोको पहिचान सहित सम्मान गरिएकोमा खुशी व्यक्त गर्दै सम्मान भनेको एउटा फूलको थुंगा दिएर सम्झनु पनि सम्मान हो । मैले कुनै पनि सम्मानलाई सानो हैन ठूलो सम्झने गरेको छु । सम्मान स्वरुप उपलब्ध गराईने गतिशिलताको प्रमाणपत्र थप जिम्मेवारी हो भन्नुभयो । सोही अवसरमा सम्मानीत व्यक्तित्व तिमल्सिनाले पत्रकारिताका गुरु मोहन दुवाल र हरि मञ्जुश्रीसँगै आफु पनि सम्मानीत हुन पाउँदा खुशी लागेको बताउँनुभयो । उहाँले सुचक प्रकाशनको १५ औं बार्षिकोत्सवमा सम्मानीत गरेर पत्रकारिता पेशामा मेरो लागि थप जिम्मेवारी थपीएको महशुस गरेको छु भन्नभयो ।
सूचक प्रकाशनका अध्यक्ष दीपक भेटवालले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता वरिष्ठ समाजसेवी कृष्ण बहादुर (साहु) श्रेष्ठले गर्नुभएको थियो ।