धुलिखेल/विश्व स्वास्थ्य दिवसको अवसर पारी स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सहभागि गराई जिल्लाको स्वास्थ्य अवस्था र आगामी दिनमा ब्यक्तिलाई स्वस्थ राख्न र वातावरण स्वच्छ बनाउन खेल्नु पर्ने भूमिकाका बारेमा अन्र्तक्रिया गरेको छ ।
‘हामी जिल्लाबासीहरुको स्वास्थ्य र वातावरण स्वच्छ राख्न सचेत छौं’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोतम सेढाईले भन्नुभयो–‘स्थानीय सरकार, अस्पताल, सरोकारवाला कार्यालय र नागरिकहरु सबै सचेत हुनु जरुरी छ ।’ विश्व स्वास्थ्य दिवस २०२२ का अवसरमा वातावरण र स्वास्थ्य विषयक अन्र्तक्र्रिया आयोजना गरिएको थियो । धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले धुलिखेल नगरपालिकालाई स्वस्थ शहर निर्माण गर्न गरिएका प्रयास र दिगो विकास लक्ष्यमा पुग्न धुलिखेलले प्राप्त गरेका सफलताको बारेमा जानकारी गराउनु भएको थियो । धुलिखेल अस्पतालका डा. दिनेश थापाले धुलिखेल अस्पतालले समुदायमा पु¥याएको सेवाका बारेमा जानकारी गराउनु भएको थियो । डिभिजन बन कार्यालय काभ्रेका प्रमुख देवीचन्द्र पोखरेलले वन जोगाउन सकिएको अवस्थामा वातावरण स्वच्छ राख्न सकिने बताउनु भयो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय काभ्रेकी भवानी हुमागाई सापकोटाले स्वच्छ खानेपानी उपलब्ध गराउन स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनु भयो । खानेपानी, वन, अस्पताल र स्थानीय सरकार धुलिखेलको तर्फबाट उहाँहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सबै नागरिकहरुले आफ्नो स्थानबाट दायित्व पूरा गर्न सकिएको अवस्थामा वातावरण जोगाउन सकिने बताउनु भयो । ‘स्वच्छ हावा र स्वस्थ खाना अनिवार्य आवश्यकता हो’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘सरसफाई, गुणस्तरीय खानेपानी महत्वपूर्ण हो । तर विलासिताको जीवनले संकट निम्तिदै छ । वातावरण अनुकूलित जीवन जिउनु पर्छ ।’ उपप्रमुख विमला शर्माले धुलिखेल नगरपालिकाले सबै नागरिकहरु स्वस्थ बनाउन अभियान शुरु गरिएको बताउनु भयो ।





