2026 August 26/ 10:53: 09pm

– पक्की सडक उद्घाटन
    धुलिखेल नगरपालिका वडा नम्वर १२ मा एक घर एक धारा अभियान अन्र्तगत ४ सय १० घर धुरीमा खानेपानी वितरण गरिएको छ । बाँकी घरहरुमा चालु आर्थिक वर्ष भित्र सम्पन्न हुने गरी योजना कार्यान्वयन भईरहेको छ । एक घर एक धारा शंखु एकीकृत खानेपानी तथा ईटे पाटीचौर सडक उद्घाटन नगर प्रमुख अशोक ब्याञ्जुले एकै साथ गर्नु भएको छ ।
    ईटे पाटीचौर क्षेत्रमा १ हजार ३ सय मिटर सडक २ करोड लागतमा कालोपत्रे गरिएको छ । धुलिखेल नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भए पछि ४६ किमी सडक कालोपत्रे गरिसकेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेल नगरपालिकाले खानेपानीका लागि आर्थिक वर्ष २०७५÷०७६ मा ४८ लाख ५० हजार, आर्थिक वर्ष २०७६÷०७७ मा ४० लाख र आर्थिक वर्ष २०७७÷०७८ मा १५ लाख ४० हजार रकम विनियोजन गरेको थियो । नगरपालिकाले विनियोजन गरेको बजेटमा जनश्रमदान २० लाख ७८ हजार गरी १ करोड २४ लाख ६८ हजार रुपैयाँमा खानेपानी आयोजना सम्पन्न भएको वडा अध्यक्ष हर्कबहादुर तामाङले बताउनु भयो । ईटे, सापकोटा गाउँ, अँधेरी थापागाउँ, रयाले र पाटीचौरका सबै घरमा धारा पुगिसकेको छ भने एक्लेखेत लगायतका क्षेत्रमा कार्य भईरहेको छ । उपभोक्ता समिति मार्फत निर्माण भएको उक्त आयोजना अन्र्तगत ७५ हजार र ३५ हजार लिटर क्षमताको पानी ट्याङ्गकी देविस्थानमा निर्माण गरिएको छ भने पाटीचौर दारिमथुम्कामा ३५ हजार लिटर क्षमताको, नयाँपाटीमा डिपबोरिङ्ग ट्याङ्की ३५ हजार लिटर क्षमताको पानी ट्याङ्गकी निर्माण गरिएको छ । गार्ड हाउस लगायतका अन्य संरचना र पाईपम लाईन तथा अन्य संरचना निर्माण कार्य सम्पन्न भई एक घर एक धारा कार्यक्रम सोहि क्षेत्रमा सम्पन्न गरिएको उपभोक्ता समितिका सचिव सुनिता लामाले बताउनु भयो ।
    अभियानको उद्घाटन पछि नगर प्रमुख अशोक ब्याञ्जुले नगरपालिका भित्र पाँच वर्षमा ८४ प्रतिशत घरमा खानेपानी पु¥याईएको बताउनु भयो । चालु वर्ष भित्र ९४ प्रतिशत घरमा खानेपानी पुग्ने र अर्काे वर्ष शतप्रतिशत घरमा खानेपानी उपलब्ध गराउँदै देशकै नमुना र शतप्रतिशत खानेपानी उपलब्ध हुने शहरका रुपमा धुलिखेललाई चिनाउने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । स्वस्थ शहर, बालमैत्री नगर, साक्षर नगर, पूर्ण खोप नगर, गरिवी मुक्त भएको नगर, सुकुम्बासी मुक्त नगर, खरको छानो मुक्त भएको नगर, पूर्ण रुपमा कार्बन उत्र्सजन न्यूनिकरण भएको शहर लगायतका कार्यहरुमा नगरपालिकाले सफलता प्राप्त गर्दै आएको उहाँले बताउनु भयो । कार्यक्रममा उपभोक्ता समितिमा रहेर काम गर्ने अध्यक्षहरु कमल तामाङ, रामप्रसाद सापकोटा र राकेश तामाङलाई सम्मान गरिएको थियो ।
    वडा अध्यक्ष हर्कबहादुर तामाङले वडामा नगरपालिका मार्फत थुप्रै योजनाहरु सम्पन्न गरी शिक्षा, स्वास्थ्य, सडक, पुल तथा अन्य संरचनाहरु निर्माण भएको बताउनु भयो । शंखुका खोलामा दुईवटा पक्की पुल, पनौती नमोबुद्ध सडक कालोपत्रे, भालखर्क जोड्ने सडक निर्माण तथा नागरिकहरुका लागि ल्याव सहितको स्वास्थ्य केन्द्र स्थापनाले शंखुको समृद्धतातर्फ नगरपालिका केन्द्रित भएको अध्यक्ष हर्क तामाङले बताउनु भयो । कार्यक्रममा वडा नम्वर ९ का अध्यक्ष वसन्तबहादुर रानाभाट, इन्जिनियर हरेराम हुमागाई, वडा सदस्य मोहन लामिछाने, वडा सचिव राजबहादुर धराला लगायतले वडा मार्फत भएका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो । वर्षाै पुरानो इटे पाटी पुनर्निर्माणले इटेको शान र संस्कृतिलाई बचाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयहरुले बताएका छन् । नगरपालिकाले उक्त पाटीका लागि हरेक वर्ष बजेट विनियोजन गरिरहेको छ ।