2026 August 25/ 02:41: 28pm

धुलिखेल/नेपाल लेखापढी कानुन ब्यबसायी एशोसियनको १५ औ वार्षिक साधारण सभा तथा छैठौ अधिबेशनबाट रोशन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।
    समितिको उपाध्यक्षमा ध्रुर्व दाहाल, सचिब कुमारप्रसाद मैनाली, कोषाध्यक्ष दामोदर बजगाई, सह सचिबमा मुकुन्द दुलाल, सदस्यहरुमा नवराज श्रेष्ठ, विनिता रानाभाट, बिना दोर्जे लामा, नविना सापकोटा, जानुका तिमल्सिना, तुलसा कुमारी श्रेष्ठ रहनु भएको छ भने लेखा समितीमा संयोजक जया शाह, सदस्यमा अच्युतराज सञ्जेल,केदार बजगाई, नविन खड्का, कृष्णराज बजगाई निर्वाचित हुनु भएको छ । कार्यक्रमको उद्घाटन वागमती प्रदेशका यूवा तथा खेलकुद मन्त्री रत्न ढकालले गर्नु भएको थियो । मन्त्री ढकालले आयातित बस्तुलाई रोकर आफ्नै देशमा उत्पादन बढाएमा मात्रै मुलुक समृद्धिको बाटोमा लाग्ने बताउनु भयो । राजनीतिक पार्टीले जनता प्रति जवाफदेहिता र ईमान्दारिता भएर काम गर्नु पर्ने मन्त्री ढकालले वताउनु भयो । जनतालाई सेवा दिनका लागी कर्मचारीहरु दत्तचित भई लाग्नु पर्ने र लेखापढी कानुन ब्यबसायीहरुले आफ्नो मर्यादालाई ध्यानमा राखी काम गर्नू पर्ने बताउनु भयो । सम्पुर्ण ब्यबसायी र मालपोत कार्यालय प्रविधि मैत्री बन्नु पर्ने र सेवाग्राहिलाई समेत उक्त प्रबिधिमा लैजानु पर्ने ढकालले बताउनु भयो । कार्यक्रममा नेपाल लेखापढी कानुन ब्यबसायी एशोसिएसनका केन्दिय अध्यक्ष सिताराम दाहाल, मालपोत अधिकृत नविन किशोर अधिकारी, मालपोत अधिकृत गंगा प्रसाद सुवेदी, नेपाल पत्रकार महासघंका पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, नापी अधिकृत शुरेस मानन्धर, सल्लाहकार माधब सिग्देल, एशोसियनका केन्द्रिय महासचिब नवराज दाहाल लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रममा २५ वर्ष नाघेका कानुन ब्यबसायी २४ जनालाई नगद सहित सम्मान गरिएको थियो भने नेपाल पत्रकार महासघंका पुर्व अध्यक्ष मोतिराम तिमल्सिनालाई सम्मान गरिएको थियो । कार्यक्रम एशोसिएसनका अध्यक्ष रोशन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।