2026 August 25/ 02:41: 27pm

जिल्लाको २० वर्षे विकासको खाका तयार 

  • बेहुलली झै रगियो धुलिखेल, होटलहरुमा २५ प्रतिशत छुट, धुलिखेलका सबै संघ संस्थाहरुको स्वागत
  • हाईटेक शैलीमा अधिबेशन
  • विद्युत्तिय भोटिङ्ग मेशिन 
  • १४०० प्रतिनिधि चयन
  •  (४० प्रतिशत महिला, १५ प्रतिशत उत्पिडीत समुदायको प्रतिनिधित्व) 
  • १३५ वटै वडामा जनपरिचालन, २२ हजार संगठित सदस्य 
  • १०५ सदस्यीय जिल्ला कमिटी 

मोतीराम तिमल्सिना
काभ्रे

    जिल्लाको र मुलुककै ठुलो दल नेकपा एमाले काभ्रेले भोली शुक्रबार पौष २३ गते धुलिखेल सदरमुकाम स्थित खेलकुद मैदान रंगशालामा शक्ति प्रर्दशन गर्दैछ । धुलिखेल बेहुली झै सिंगारिएको छ । अधिबेशनका अवसरमा धुलिखेलमा रहेका सबै होटलहरुले २५ प्रतिशत छुटको निर्णय गरेका छन् भने अधिबेशनका लागि धुलिखेलमा रहेका सबै संघसंस्थाहरुको स्वागत तथा शुभकामना र ऐक्यवद्धता रहेको छ । 
    जिल्लाका १३ वटै पालिका र १ सय ३५ वटै वडाका अलावा राजधानीमा बसोबास गरिरहेका एमालेका शुभचिन्तक, कार्यकर्ता र नेताहरुको सहभागिता रहने अधिबेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता रहनेछ । अधिबेशनले शशक्त नेतृत्वसँगै जिल्लाको विकास निर्माणको २० वर्षे खाका तयार गर्नेछ । छैटौ जिल्ला अधिबेशनले तय गरेको जिल्लाको खाका अनुसार अहिले काभ्रेमा विकास निर्माण भईरहेको छ । ‘सत्तामा हुँदा आफुले तय गरेको खाका कार्यान्वयन गर्ने र सत्ता बाहिर रहँदा सरकारलाई खाका कार्यान्वयन गर्न दबाब दिने गरेका छौं’–एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–‘छैटौ जिल्ला अधिबेशनले तय गरेका एजेण्डा अहिले कार्यान्वयन भईरहेको छ । स्थानीय, प्रदेश र संघ सरकारले तिनै योजनामा बजेट विनियोजन गरिरहेका छन् ।’ पुर्व मन्त्री गोकुल बास्कोटाको नेतृत्वमा भएको अधिबेशनले जिल्लामै पहिलो पटक पार्टीको अधिबेशनमा जिल्लाको समग्र विकास र समृद्धीको खाका तय गरेको थियो । 
    देशभर एकै पटक अधिबेशनको उद्घाटन गर्ने गरी तयारी गरेको एमालेको अधिबेशनमा अध्यक्ष ओली धुलिखेल आउन लाग्नु भएको हो । देशभरकै अधिबेशनको उद्घाटन अध्यक्ष ओलीले एकै पटक गर्नु हुनेछ । एमाले काभ्रेले उक्त अधिबेशनमा झण्डै ३० हजार जनसमुदाय सहभागि गराउने अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो । त्यसका लागि आवश्यक तयारी भईरहेको उहाँले बताउनु भयो । जनपरिचालन र सहभागिताका लागि १ सय ३५ वटै वडा कमिटी, १३ वटा पालिका र जनवर्गिय संगठनहरु कृयाशिल छन् । एमाले काभ्रेले सहभागिहरुले संस्कृति झल्कने भेषभुषा सहितको पहिरन र बाजागाजा सहित अलग–अलग स्थानबाट जुलुसहरु निस्किएर अधिबेशनको उद्घाटन सभामा परिणत हुनेछ । अधिबेशनलाई भब्य र सभ्य बनाउन विभिन्न उप समितिहरु सक्रिय भएका छन् । २३ हजार संगठित सदस्यहरुलाई समेत कार्यक्रममा सहभागि गराउने गरी एमालेले तयारीलाई अन्तिम रुप दिएको छ । 
 
विद्युत्तिय भोटिङ्ग मेशिन
    नेकपा एमाले काभ्रेले अधिबेशनमा प्रविधिको उच्च प्रयोग गर्ने भएको छ । अधिबेशनको उद्घाटन सभामा आर्कषक मञ्च र मञ्चमा भएको श्रव्य दृश्यका सामाग्री चारै तिरबाट हेर्न मिल्ने गरी स्क्रिनहरुको ब्यवस्थापन गरेको छ । केन्द्रीय महाधिबेशनकै झल्को दिने गरी मञ्च तथा अधिबेशनको बन्द सत्रमा भोटिङ्ग मेशिनको प्रयोग गरिने भएको छ । चितवनमा मञ्च र ईलेक्ट्रिक भोटिङ्ग मेशिन जडान गर्ने टिम नै धुलिखेलका लागि छनौट गरिएको छ । एकै पटक ३५ जनाले मतदान गर्न मिल्ने गरी मेशिनहरु जडान गरिएको छ । 

१४ सय प्रतिनिधि
    एमाले काभ्रेको अधिबेशनका लागि १४ सय प्रतिनिधि चयन भएका छन् । १ सय ३५ वटै वडा कमिटी, पालिका र विभिन्न जनवर्गिय संगठनबाट निर्विरोध प्रतिनिधि चयन भएका हुन् । यो पटकको अधिबेशनमा एमालेले समावेशी ढंगबाट ४० प्रतिशत महिला प्रतिनिधि सहभागि गराएको छ भने उत्पिडित समुदायबाट झण्डै ३ सय प्रतिनिधि सहभागि गराएको छ । सहभागि प्रतिनिधिहरुको अनलाईन फाराम भरिएको छ । अनलाईनमा भरिएका फारामबाट कोडिङ्गका आधारमा भोटिङ्ग मेशिनमा मतदान गर्न पाईने ब्यवस्था मिलाईएको छ । 

१०५ सदस्यीय जिल्ला कमिटी
    नेकपा एमाले काभ्रेमा १ सय ५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । जिल्ला अधिबेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उप सचिव दुई जना निर्वाचित गर्नेछ । विद्यानले तोकेको ब्यवस्था अनुसार काभ्रेका पदाधिकारी सहित १ सय ५ जनाको कमिटी निर्वाचित हुनेछ । जसमा महिला, दलित, उत्पिडित, भुगोल र खुल्ला क्षेत्र समावेश हुनेछ । 

होटलहरुमा २५ प्रतिशत छुट
सामाजिक संघ संस्थाहरुको ऐक्यवद्धता

    एमाले अधिबेशन अवधीभर धुलिखेलमा रहेका साना ठुला गरी १ सय होटलहरुले खाना तथा बस्नका लागि २५ प्रतिशत छुट गर्ने निर्णय गरेको छ । क्षेत्रिय होटल संघ काभ्रेका अध्यक्ष प्रेमकण्ठ माकजु, सचिव ज्योत्सना सैजँुले धुलिखेलका सबै होटलहरुमा अधिबेशन अवधीभर होटलका सबै सेवा सुुविधामा छुट गर्ने निर्णय गरेको बताउनु भयो । धुलिखेलमा हुने अधिबेशनका लागि काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, पुर्व उपकुलपति डा. सुरेशराज शर्मा, डा. रामकण्ठ माकजु श्रेष्ठ, पुर्व नगर प्रमुख बेलप्रसाद श्रेष्ठ, संस्कृतविद तथा ईतिहासविद ज्ञानकाजी मानन्धर, बरिष्ठ साहित्यकार मोहन दुवाल, साहित्यकार सुर्यप्रसाद लाकोजु, विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरुले शुभकामना दिएका छन् भने धुलिखेलमा रहेका विभिन्न संघ संस्थाहरुले अधिबेशनमा ऐक्यवद्धता जनाएका छन् । 

धुलिखेलको अलग्गै तयारी 
    नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिबेशनको पुर्व तयारी स्वरुप स्थानीय कमिटीहरुले भेला, छलफल तथा अन्र्तक्रिया सहित उप समितिहरुले आवश्यक तयारी धमाधम गरिरहेका छन् । शुक्रबार अधिबेशन आयोजना हुने नगर धुलिखेलले आवश्यकीय पुर्व तयारी स्वरुप विस्तारीत बैठक र भेला आयोजना गरेको छ । जिल्ला अध्यक्ष अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय कमिटीका पदाधिकारीहरु तथा विभिन्न तहका नेताहरुको सहभागिता रहेको थियो । भेलामा प्रदेश कमिटी सदस्य विमला शर्मा, जिल्ला कमिटी सचिवालय सदस्य राजन भुर्तेल, कञ्चन अधिकारी, जिल्ला कमिटी सदस्यहरु केशव बडाल, तारा बस्नेत, विनोद पराजुली, नगर कमिटी अध्यक्ष दयाराम महत लगायतले धुलिखेल नगर कमिटीले अधिबेशन सम्पन्न गर्न गर्नु पर्ने ब्यवस्थापकि विषयमा जानकारी गराउनु भएको थियो । धुलिखेलले खाना, मञ्च लगायतको ब्यवस्थापकीय जिम्मेवारी प्राप्त गरेको छ । सोहि जिम्मेवारी सहित जनसहभागिता र जनपरिचालन गर्न विस्तारीत बैठक आयोजना गरिएको नगर कमिटी सचिव विष्णु काभ्रेलीले बताउनु भयो । भेलामा प्रत्येक वडाबाट जनसहभागिता सहित अधिबेशनमा सक्रिय सहभागिता जनाउन आफ्नो आफ्नो स्तरबाट सक्रिय रहने निर्णय गरेको छ । एमाले काभ्रेको अधिबेशन पौष २३ गते शुक्रबार धुलिखेलमा हुनेछ । अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अधिबेशनको उद्घाटन गर्नु हुनेछ । अधिबेशनका लागि जिल्लाका सबै वडा कमिटी तथा जनवर्गिय संगठनबाट १३ सय ५० प्रतिनिधि चयन भईसकेका छन् । उप समितिहरुले जिम्मेवारी अनुसार कार्य गरिरहेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो । यो पटकको अधिबेशन ऐतिहासिक र एकताको हुने भएकाले एमालेले शक्ति प्रर्दशनलाई विशेष जोड दिएको छ । विस्तारित बैठकहरु पालिका र वडा स्तरमै भईरहेका छन् भने जनवर्गिय संगठनहरु पनि सक्रिय भएका छन् । 

बनेपामा पार्टी प्रवेश
    नेकपा एमाले बनेपा नगर कमिटीको विस्तारित बैठक नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बास्कोटाले एमालेको आसन्न १० औ अधिबेशन सभ्य र भव्य बनाउन १३ वटै स्थानीय तहका पार्टीका शुभचिन्तक भुमिका रहने बताउनु भयो । 
    आगामी निर्वाचनमा एमालेबाट फुटेर जाने पार्टीलाई शिला खोज्नु पर्ने बताउनु भयो । नेकपा एमाले आगामी निर्वाचमान समेत पहिलो पार्टी हुने भएकाले अरु पार्टीले एमाले सँग धेरै जोरी नखेल्न चेतावनी दिनु भयो । २०४७ साल देखी कागं्रेसको सरकार बनेको भए पनि काभ्रेमा विकास नगरेको बास्कोटाले बताउनु भयो । बैठकका विशेष अतिथी तथा नेकपा एमालेका जिल्ला अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यायाञ्जुले आगामी अधिबेशनमा ५० हजार कार्यकर्ता सहभागि हुने वताउनु भयो । हामीले घर घरमै चुल्हो निम्तो बाँडेकाले शक्ति प्रर्दशन गर्ने बताउनु भयो । आगामी अधिबेशनबाट नयाँ नेतृत्व चयन पछि पार्टी थप चलायमान हुने र आगामी निर्वाचनमा पहिलो पार्टी हुने बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका निर्वतमान संयोजक तथा बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, नगर अध्यक्ष रत्नकुश रञ्जीत लगाएतले मन्तब्य राख्नु भएको थियो । सोहि भेलामा विभिन्न पार्टी परित्याग गरी १ सय भन्दा धेरै एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष नवराज मानन्धरले राख्नु भएको थियो भने सभापतित्व नगर अध्यक्ष रत्नकुश रञ्जीतले गर्नु भएको थियो ।