2026 August 23/ 07:02: 18am

युवाहरुले शुरु गरे कार वासिङ्ग, स्नोकर हाउस र क्याफे 
    बनेपा/बनेपामा युवाहरुको लगानीमा मल्टिपरपोज ब्यवसाय शुरु भएको छ । बनेपाको गोदामचोक स्थित बसपार्क प्रवेश गर्ने बाटोमा तीन युवाहरु सुमन तामाङ, विकेन लामा र रोशन लामाको ५० लाख लगानीमा उक्त ब्यवसाय शुरु भएको हो । 
    युवाहरुले रुफ टप स्नोकर हाउस, क्याफे र कार वासिङ्ग सेन्टरको शुरुवात गरेका हुन् । १० वर्षका लागि जग्गा भाडामा लिएर युवाहरुले शुरु गरेको ब्यवसायको नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले शुभारम्भ गर्नु भएको थियो । ब्यवसायको शुभारम्भ गर्दै केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले युवाहरुले बैदेशिक रोजगारमा नगई स्वदेशमै ठुलो लगानीमा शुरु गरेको माल्टिपरपोज ब्यवसायको सफलताको कामना गर्दै गुणस्तरीय सेवाका लागि अनुरोध गर्नु भयो । हरेक युवाहरु अहिले कुनै न कुनै काम गरेर शहरी क्षेत्रमा सवारी साधनको प्रयोग गर्न थालेका छन् । युवाहरुको चाहना अनुसारको सेवा उपलब्ध गराउने योजनामा शुरु गरिएको ब्यवसायमा बालबालिकाहरुका लागि खेलकुद तथा मनोरञ्जनको क्षेत्र बढाउन उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, उपाध्यक्ष प्रताप बैद्य, महासचिव कैलाश पलाञ्चोक, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना लगायतको सहभागिता रहेको थियो । 
    कार वासिङ्गको समयमा युवाहरुलाई समय कटाउने गरी स्नोकरको ब्यवस्थापन गरिएको छ भने सँगै क्याफे राखिएको छ । क्याफेमा विभिन्न प्रकारका खानेकुराहरु उपलब्ध रहेको संचालक सुमन तामाङले बताउनु भयो । युवाहरुको सोच र ब्यवसायीक योजनालाई सहयोग पु¥याउँदा नेपालमै अर्थतन्त्रमा सहयोग पुग्ने सहभागीहरुले बताए ।