रवि श्रेष्ठ
संस्थापक निर्देशक
बाल वाटिका विद्या मन्दिर मा.वि., बनेपा
रबि श्रेष्ठ शिक्षाकर्मीको रुपमा काभ्रे जिल्लामा चिर परिचित नाम हुन्। बनेपाको मुटु तिनदोवाटोमा अवस्थित बाल वाटिका विद्या मन्दिर मा.वि., बनेपा–८ को संस्थापक निर्देशक रबि श्रेष्ठ वि.सं २०४६ सालदेखि निरन्तर शिक्षा कर्ममा लाग्नु भएको छ। आजाद मा.वि. बनेपावाट स्कुले जिवन पूरा गरेका श्रेष्ठले त्रि–चन्द« कलेजबाट आएस्सी र विएससी पूरा गरेपछी एमएससी त्रिभुवन विश्व विद्यालयबाट पूरा गरे। शिक्षा नै देश विकासको मेरुदण्ड मान्ने श्रेष्ठले अमेरिका, जापान, दक्षिण कोरिया लगायत करीव २० राष्ट्रको विद्यालय तथा युनिभर्सिटी अवलोकन गर्नु भएको छ।
विद्यालयले पढाउने काम मात्र नगर्ने, योग्य र सक्षम जनशक्ति उत्पादन गरेको उनी बताउँछन्। बाल वाटिकामा अध्ययन गरेका विद्यार्थीहरु डाक्टर, इन्जिनियर र सरकारी सेवामा काम गरिरहेका छन्। धेरै विद्यार्र्थीहरु उच्च शिक्षाको लागि अमेरिका, जापान, अष्ट्र्लिया र युरोपियन मुलुकमा अध्ययन गरिरहेका छन्। साथै धेरै विद्यार्थीहरु विदेशमा अध्ययन पूरा गरि विभिन्न ओहदामा काम गरिरहेका छन्। उनै शिक्षाकर्मी तथा हाल निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (प्याव्सन) केन्दि«य कार्य समितिका प्राज्ञिक परिषद सदस्य श्रेष्ठसँग चेष्टा साप्ताहिकका सहसम्पादक लक्ष्मण तिमल्सिनाले गरेको संवादको केहि अंशः
- विद्यालयको स्थापना र उद्देश्यबारे बताईदिनुस न ?
२००७ सालको प्रजातन्त्र पछि हाम्रो देशमा थुप्रै सरकारी विद्यालयहरु स्थापना भए तर उचित सरकारी व्यवस्थापनको कमिले गर्दा सरकारी विद्यालयहरुले सोचे जस्तो उपलब्धी दिन सकेनन् । जसको फलस्वरुप विस्तारै निजी विद्यालयहरु स्थापना हुन थाले साथै सामुदायिक विद्यालयको तुलनामा निजी विद्यालयहरुले तुलनात्मक रुपमा शैक्षिक एवं अन्य अतिरिक्त क्रियाकलापहरुमा निकै छिटो प्रगति गर्दै आफ्नो पहिचान राख्न सफल रह्यो । जसको फलस्वरूप सरकारी विद्यालयका शिक्षक÷शिक्षिकाहरु लगायत उच्च ओहदाका सरकारी कर्मचारीहरु समेत निजी विद्यालयहरुप्रति आकर्षित हुन थाले । स्पष्ट सरकारी नीति नियमको अभावले गर्दा २०४६ सालपछि त निजी विद्यालयहरु बर्षात्मा च्याउ उम्रेझै जताततै गल्ली गल्लिमा उम्रन थाले । सरकारको कमजोर निरीक्षण प्रणालीको फाइदा लिंदै साधारण ज्ञान भएका विदेशी नागरिकहरु तथा व्यापारीहरुले समेत विद्यालय खोल्न पछि परेनन् । जसले गर्दा निजी विद्यालयहरु ‘‘सेवामुखी भन्दा व्यापारमुखी” भएको यथार्थतालाई हामीले विर्सनु हुँदैन ।
नीति निर्माताहरुको कमिकमजोरीले गर्दा देशमा विसंगतीहरु भित्रिरहेका छन् भने गाँस र बासका लागि आफ्नो श्रम बेचिरहेका अभिभावकहरुले स्तरीय विद्यालयमा आफ्ना छोराछोरीहरु पढाएर योग्य नागरिक बनाउने इच्छा हुँदाहुँदै आफ्नो कमजोर आर्थिक अवस्थाका कारण इच्छालाई मनमै दवाउन बाध्य हुनुपर्ने स्थिति आउन बेर भएन । यस्तो परिस्थिति यस क्षेत्रका अभिभावकहरुले भोग्न नपरोस् भन्ने उद्देश्य लिई यस भेगका अभिभावकले पनि समयानुकूल स्तरिय एवं वैज्ञानिक शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्य अनुरुप सर्वसाधारण अभिभावकले पनि तिर्न सक्ने शुल्कमा यस बनेपा नगरीमा दक्ष जनशक्ति उत्पादन गर्ने, स्तरिय एवं वैज्ञानिक शिक्षा दिने प्रणलाई हृदयगम गरी यस क्षेत्रको स्तरीय विद्यालयको आवश्यक्तालाई परिपूर्ति गर्ने उद्देश्यले आफ्नै जन्मस्थान बनेपा वडा नं.८ मा २०४६ सालमा बालवाटिका विद्या मन्दिर मा.वि.को स्थापना गरिएको हो । अभिभावकहरुको चाहनालाई मध्यनजर गरी शैक्षिक सत्र २०६६ देखि विज्ञान विषयमा ९क्अष्भलअभ ँबअगतिथ० शैक्षिक सत्र २०७० देखि व्यवस्थापन विषयमा ९ःबलबनझभलत ँबअगतिथ० +२ कक्षा संचालन गरेको यहाँहरुलाई अवगत नै छ ।
- ३–४ दशकअघि बनेपाजस्तो स्थानमा संस्थागत विद्यालय (बोर्डिङ स्कुल) स्थापना गर्ने सोच कसरी आयो ?
मेरो बुवा आशाकाजी श्रेष्ठ ‘सेवक’ त्यतिवेला हालको चण्डेश्वरी श्रृष्टिकान्त मा.वि.नालामा प्रधानाध्यापक हुनु हुन्थ्यो । त्यतिवेला विज्ञान र गणित विषयको शिक्षक पाउनु दुर्लभ नै हुन्थ्यो । म विज्ञान विषयको विद्यार्थी भएको हुदाँ मेरो बुवाले मेरो कलेज बिदा भएको समय, बिहान अतिरिक्त कक्षामा कक्षा लिन मलाई लैजानु हुन्थ्यो । त्यतिवेला विद्यालयका राम्रा विद्यार्थीहरू (हाल कोहि डाक्टर, चार्टर एकाउन्टेन्ट, इन्जिनियर ...भई सके) एवं अभिभावकहरुको माया अनि बुवाले जिल्लाको शैक्षिक क्षेत्रमा गर्नु भएको योगदानले गर्दा बुवाले यस जिल्लामा बाल्नु भएको शिक्षाको दियोलाई निभ्न नदिने शोच लिएर यस विद्यालयको स्थापना गरेका हौं । विद्यालय सञ्चालन गरेको दुई वर्ष पछि मेरो श्रीमती अर्थात विद्यालयको प्रिन्सिपल रजना प्रधान श्रेष्ठले आफ्नो एमएससीको पढाई सकेर बुवाले बाल्नु भएको दियोमा निरन्तर तेल राख्दै आउनु भएको छ ।
- त्यो समयमा यस प्रकारको शैक्षिक संस्था सुरु गर्दा कस्ता कस्ता चुनौतीहरूको सामना गर्नुपर्यो ?
वास्तवमा भन्नुपर्दा त्यसवेला विद्यालय सञ्चालन गर्दा कुनै पनि प्रकारको चुनौतीको सामना नै गर्नु परेन किनकी हाम्रो उद्देश्य भन्नु नै गुणस्तरिय एवं वैज्ञानिक शिक्षा दिनु थियो । जसमा हामी विगत देखि हालसम्म पनि प्रतिबद्ध नै छौं । तर हाल आएर निजी विद्यालयलाई व्यापारको रुपमा केहि संचालकहरुले अगाडी बढाएको देख्दा दुःख लागेको छ । मैले चाकडी गर्न जानिन । मलाई चाकडी गर्न पनि आउदैन । मलाई चाकडी गर्न अभिभावकहरुले सिकाएनन् पनि । म यही बनेपाको वासिन्दा हो । बनेपाको शैक्षिकस्तर राम्रो हुनुपर्छ । यति मात्र मलाई थाहा छ । यति भने पछि यहाँहरुले बुझ्नु नै भयो होला ।
- बालबाटिका नाम जुराउनुका पछाडिको विशेष कारण वा उद्देश्य के थियो ?
बनेपाका शैक्षिक व्यक्तित्वहरूले यो विद्यालय संचालन गरि रहनु भएको थियो । उहाँहरू बुवाका परम मित्रहरु हुनु हुन्थ्यो । उहाँहरुको हाम्रोे घरमा आवतजावत वाक्लै हुन्थ्यो । मेरो शिक्षामा केहि गर्ने हुटहुटि उहाँहरुले देख्नु भयो र उहाँहरूले यो विद्यालय संचालन गर्न मलाई जिम्मा लगाउनु भयो । उहाँहरुले सञ्चालन गर्दा देखि नै यो विद्यालयको नाम बालवाटिका भएको हुदाँ मलाई नाम जुराउनु परेन । वाल वाटिका अर्थात बच्चाहरुको बगैँचा ।
- तपाईंले शिक्षण पेसा र विद्यालय प्रशासन सम्हाल्नु भएको लामो समय भइसकेको छ । तपाईको सुरुवाती दिनको शिक्षण सिकाई विधि र अहिलेको डिजिटल युगको शिक्षण पद्धतिमा के–कस्ता आधारभूत परिवर्तन आएको पाउनुहुन्छ ?
पहिले र अहिले शिक्षण सिकाई विधिमा आकाश जमिनको फरक छ । अहिलेको डिजिटल युग अनुसार नानीबाबुहरुलाई हामीले अगाडी बढाउन सकेनौं भने हाम्रा नानीबाबूहरुले बिदेशी विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्न सक्षम हुदैनन । अहिलेको डिजिटल युग सँगै हाम्रा नानीबाबुहरु पनि पढाइमा सक्षम भएको हामीले पाएका छौ । साथै हामीले पनि समयानुकूल आफ्नै सफ्टवेयरको प्रयोग, डिजिटल बोर्डहरुको प्रयोग, रोबोटिक्स कक्षा सञ्चालन, प्रत्येक शनिवार अनलाईन परिक्षा संचालन गरेर समय अनुसार आपूmलाई पनि परिमार्जित गर्दै लगेका छौ ।
द्धआजको प्रविधिमैत्री र कृत्रिम बौद्धिकता (एआई) को युगमा विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक र नैतिक शिक्षा दिन विद्यालयले कस्ता नयाँ अभ्यासहरू गरिरहेको छ ?
परीक्षामा उच्च नम्बर ल्याउदैमा त्यो विद्यार्थी राम्रो भन्न मिल्दैन । राम्रो विद्यार्थी हुन पढाई सँगसँगै उसमा अनुशासन, नैतिकवान, ठूलालाई आदर अनि सानालाई माया गर्ने दिनदुखीलाई सहयोग गर्ने, आदि चरित्र उसमा हुनुपर्छ । यस्ता कुराहरु हामीले नानीहरुलाई बरोबर सम्झाई बुझाई राखेको हुन्छु ।
- परीक्षा र ग्रेडिङ प्रणालीभन्दा बाहिर, विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले कस्ता क्रियाकलापलाई प्राथमिकता दिएको छ ?
विद्यार्थीहरुको चौतर्फी विकासको लागि हामीले प्रयोगात्मक शिक्षामा जोड दिएका छौ । कक्षा १ देखि नै कम्प्यूटर कक्षामा लगेर कम्प्युटर शिक्षा, कक्षा ३ देखि विज्ञान प्रयोगशालामा लगेर विज्ञान शिक्षा, आधुनिक समय अनुसार विद्यालयको आफ्नै सफ्टवेयर, स्मार्ट वोर्डको व्यवस्था, रोबोटिक्स कक्षा, प्रत्येक शनिवार अनलाईन परिक्षा, फिल्ड भिजिट, स्तरीय पुस्तकालयको व्यवस्था गरेका छौँ । एउटा राम्रो र स्तरीय विद्यालयले दिने सम्पूर्ण सेवा तथा सुविधा हामीले दिएका छौ ।
- निजी विद्यालयको शैक्षिक स्तर विकाशको लागि यहा“को धारणा के छ ?
सर्वप्रथम त निजी विद्यालयलाई व्यापार गर्न दिनु भएन । ‘‘निजी विद्यालय व्यापारमुखि नभई सेवामुखी” हुनुपर्छ भन्ने शिक्षा नीतिमै उल्लेख हुनुपर्यो । निजी विद्यालयलाई कम्पनी ऐन अन्तर्गत कम्पनीमा दर्ता गन अवसर दिने अनि व्यापार गर्नु भएन भनेर भन्न कहाँ मिल्छ र ? दोश्रो कुरा सम्वन्धित निकायवाट अनुगमन प्राय शुन्य नै छ । नियमित अनुगमन गर्नुपर्यो । कसरी विद्यालय सञ्चालन भएको छ ? भौतिक अवस्था कस्तो छ ? शिक्षक÷कर्मचारीहरु कस्ता छन् ? आदिको अनुगमन गरी सल्लाह सुझाव दिने परिपाटीको विकास भएमा अझ शैक्षिक स्तर वढ्ने कुरामा दुई मत हुदैन ।
- एउटा संस्थालाई लामो समयसम्म टिकाइ राख्न र यसको साख खस्कन नदिन सफल हुनुको मुख्य रहस्य के हो ? तपाईंको नेतृत्व शैलीलाई कसरी परिभाषित गर्नुहुन्छ ?
हामीले यो विद्यालय संचालन गरेको पनि ३८ वर्ष भई सकेछ । अहिले सम्ममा करिब ४० जना डाक्टर सयौजना इन्जिनियर, बैंकर्स ..उत्पादन भईसक्यो । यहाँबाट पढाई सकेर विदेशको विभिन्न देश अमेरिका, जापान, अष्ट्रेलिया, जर्मन.....आदीमा अध्ययन गर्न गएका सयौ जना विदेशमा समेत राम्रो रोजगारीमा भएको जानकारी प्राप्त भएको छ । समग्रमा यहाँबाट उत्पादन भएका विद्यार्थीहरु स्वदेश तथा विदेशमा राम्रो तह तथा तप्कामा कार्यरत छन् । त्यसैले हामीलाई अभिभावकहरुबाट माया अनि हौसला प्राप्त भएको छ । यसैमा हामी रमाई रहेका छौ ।
- शिक्षक, विद्यार्थी र अभिभावक बीचको त्रिपक्षीय सम्बन्धलाई बलियो बनाउन तपाईले कुन कुरालाई सबैभन्दा बढी जोड दिनुहुन्छ ?
कुनै पनि शिक्षण संस्था राम्रो संग संचालन हुन् शिक्षक, अभिभावक र विद्यार्थीको त्रिपक्षीय सम्बन्ध राम्रो हुनु नितान्त आवश्यक हुन्छ । हाम्रो विद्यालयको बारेमा भन्नु पर्दा हामीले यो सम्बन्धलाई निरन्तर कायम राखेको छु भने हामीले प्रत्येक तीन तीन महिनामा परिक्षाको परिक्षाफल प्रकाशित गर्दा अभिभावकहरुसँग अन्तरक्रिया गरी अभिभावकहरुको सर–सल्लाह अनुसार विद्यालयलाई अगाडी बढाउने गरेका छौ ।
- पछिल्लो समय योग्य शिक्षकहरूको पलायन एउटा ठूलो चुनौती बनेको छ । गुणस्तरीय शिक्षकहरूलाई विद्यालयमा टिकाइराख्न र उनीहरुको क्षमता विकास गर्न बालबाटिकाले कस्तो नीति अवलम्बन गरेको छ ?
शिक्षक पलायन एउटा ठूलो समस्या हो । हाम्रो विद्यालयको बारेमा भन्नु पर्दा शिक्षक पलायन अरु विद्यालयको तुलनामा एकदम न्युन छ । हामीले अझ गुणस्तर दिनका लागि काभ्रे जिल्लाका विभिन्न विद्यालयमा प्रिन्सिपलको रुपमा करिब २० वर्ष योगदान गरेका शैक्षिक व्यक्तित्व विष्णु प्रसाद दाहाललाई विद्यालयको को–अर्डिनेटर (समन्वयकर्ता) को जिम्मेवारी सुम्पेका छौँ । शिक्षक/शिक्षिकाहरुको क्षमता अभिवृदिका लागि विभिन्न प्रकारको तालिमहरु दिदै आर्ईरहेका छौ ।
- बनेपाको शैक्षिक इतिहासमा बालबाटिका विद्या मन्दिरले एउटा छुट्टै पहिचान बनाएको छ । अबको १० वर्ष पछि यो विद्यालयलाई तपाई कहा र कस्तो रुपमा हेर्न चाहनुहुन्छ आगामी योजनाहरु के–के छन् ?
वास्तवमा भन्नुपर्दा मेरो दुई जना छोरा छोरी यहि विद्यालयवाट +२ सम्मको अध्ययन गरी अहिले दुबैजना मेडिकल डाक्टर छन् । अहिले पनि उनीहरुले विद्यायलयमा स्वास्थ्य उपचार सम्वन्धि सहयोग गर्दै आएका छन् । हामीलाई पैसा कमाउनु छैन नाम कमाउने हो । अब आउने १० वर्ष पछि पनि यो विद्यालयमा निम्न आय भएका अभिभावकहरुले पनि आफ्नो नानी बाबुहरुलाई समयानुकुल एंव स्तरिय वैज्ञानिक शिक्षा दिनुका साथै मास्टर तह सम्मको शिक्षा प्रदान गर्ने एक स्तरिय कलेजको रुपमा यहाँहरुलाई देखाउने हुटहुटी लागि रहेको छ । साथै आगामी दिनदेखि ‘वाटिका मन्टेश्वरी’ संचालन गर्ने लक्ष्यका साथ आवश्यक तयारी कार्यहरु भईरहेको छ ।
- मुलुकले शैक्षिक क्षेत्रमा फड्को मार्ने प्रयास गरेको छ ? त्यसमा तपाईको व्यक्तिगत धारणा के छ ?
देशको विकास भनेकै शैक्षिक विकास हो । जबसम्म देशमा शैक्षिक विकास हुँदैन, राष्ट्र समृद्धितर्फ जाँदैनन् । योजनामा मात्र कार्यक्रम ल्याएर हुँदैन । व्यवहारमा आज पनि शिक्षा र शिक्षामा लाग्ने व्यक्तिहरुलाई राज्यले उपेक्षित रूपमा हेर्ने गरेको छ । राष्ट्रले गरेको खर्बौ रुपैयाँको लगानीलाई राज्यले समुचित उपयोग गर्नसकेको छैन । शिक्षालाई परिणाममुखी बनाउने कार्यक्रमभन्दा पनि राजनीतिक शुभलाभको रूपमा हेर्ने गरिन्छ । शिक्षा निःशुल्क हुँदैन भलै व्यक्ति एवं राज्यले लगानी गरेको हुन्छ । भौचर प्रणालीको विकास गरी व्यक्तिलाई आफ्नो शैक्षिक संस्था छान्ने अधिकारको प्रत्याभूति दिन सक्नुपर्छ र शिक्षालाई सम्मानित बनाउन सबै पक्ष लाग्यो भने पक्कै पनि केही वर्षभित्र राष्ट्रले शैक्षिक क्षेत्रमा फड्को मार्नेछ ।
- लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान पु¥याएका एक अनुभवी व्यक्तिको नाताले नयाँ पुस्ताका स्कुल सञ्चालक, शिक्षक र विद्यार्थीहरुलाई तपाईको विशेष सन्देश वा सल्लाह के छ ?
थाहै नपाई हामीले यो विद्यालय संचालन गरेको पनि ३८ वर्ष भई सकेछ । विद्यालय सञ्चालकहरुले सामाजिक उत्तरदायित्व वहन गर्नु नितान्त आवश्यक छ । शिक्षण संस्था सञ्चालन गर्दा व्यापारमुखी नभई सेवामुखीको भावना लिएर निम्न आय भएका अभिभावकहरुलाई पनि समेटर अहिलेको युग सुहाउन्दो बैज्ञानिक एवम् गुणस्तरयुक्त शिक्षा प्रदान गर्दै अभिभावक, शिक्षक र विद्यार्थीसँग हातेमालो गर्दै अगाडी बढन सल्लाह दिन चाहन्छु । साथै स्पष्ट भिजन, कार्ययोजना एंव समर्पणका साथ साथीहरुलाई अगाडी बढन सुझाव दिन चाहन्छु ।
- अन्तमा, निजी विद्यालयले लिने शुल्क अति महङ्गो भयो भन्ने जनगुनासो सुनिन्छ यसबारे यहाको धारणा के छ ?
उपत्यका एंव केहि शहरी क्षेत्रमा संचालित यदाकदा केहि विद्यालयमा शुल्क महंगो भएको यथार्थमा सहि नै हो । सरकारी विद्यालयमा निःशुल्क भन्ने हावा प्रचार गरिन्छ वास्तवमा सरकारी विद्यालय निःशुल्क होइन जहाँ सम्पूर्ण लगानी सरकारले गरेको हुन्छ । सरकारी विद्यालयमा नेपाल सरकारको लगानी करीब रु.४५००।– प्र्रति विद्यार्थी प्रति महिना लगानी गरेको सरकारको आँकडाबाट देखिन्छ भने निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याव्सन) केन्दि«य कार्य समितिको रेकर्ड अनुसार निजी विद्यालयमा करिब रु ३५००।– मात्र प्रति महिना प्रति विद्यार्थी अभिभावकले लगानी गरेको पाइन्छ । त्यसकारण निजी विद्यालय महँगो भयो भन्न मिल्दैन । केहि विद्यालयले चर्को शुल्क लियो भन्दैमा सबै निजी विद्यालयलाई एउटै बास्केटमा राख्न पनि भएन ।
शुल्क महंगो भएपछि पढाई राम्रो हुन्छ भन्ने अभिभावकको मानसिकतामा पनि परिवर्तन हुनुपर्यो । विद्यालयमा गएर कुन कुन शिर्षकमा कति कति रुपैयाँ किन लिएको भनि सोधपुछ गर्नु पर्यो जस्ले गर्दा निजी विद्यालयले मनपरी शुल्क उठाउन पाउँदैन । साथै अभिभावकहरुले आफ्नो नानी पढाएको विद्यालय सेवाको भावनाले खोलेको हो कि व्यापारको मनसायले खोलेको हो बुझ्नु पर्यो । यति गर्न सकेको खण्डमा निजी विद्यालयले लिने गरेको शुल्क महंगो भयो भन्ने जनगुनासो आगामी दिनमा होला जस्तो लाग्दैन ।
अन्तमा, तपाईको पत्रिका मार्पmत मेरा केही कुरा राख्ने अवसर दिनु भएकोमा यहाँको पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना सहित धन्यवाद दिन चाँहन्छु । धन्यवाद ।









