स्थानीय तहमा प्रस्तुत बजेट कर्मकाण्डी भएको नागरिकहरुले महसुस गरेका छन् । तीन तहकै सरकारले प्रस्तुत गरेका बजेट, नीति कार्यक्रमले रोजगारलाई प्राथमिकता दिने भने पनि त्यसो हुन नसक्ने भन्दै विश्लेषकहरुले चिन्ता ब्यक्त गरेका छन् । संघ सरकारको बजेटको धेरै क्षेत्र ऋण तिर्ने, पूर्वाधार निर्माण र कनिका छरे जस्तै टुक्रे योजनामा छन् । प्रदेश सरकार संघ सरकारबाट माथी जान सकेका छैनन् । स्थानीय सरकारले त झन त्यहि बजेटलाई पूर्वाधार तथा अन्य क्षेत्रमा खर्च गर्दा रोजगार उन्मुख कार्यक्रम प्रभावकारी संचालन गर्न सक्ने अवस्था हुँदैन ।
जिल्लाको पहिलो पालिकाका रुपमा धुलिखेलले आगामी वर्ष २०८०÷०८१ को बजेट तथा नीति कार्यक्रम सर्वसम्मतले पास गरेको छ । गरिबी निवारण, शुन्य कार्बन उत्र्सजन, एक घर खानेपानी सहित शुद्ध खानेपानी उपलब्ध गराएको छ । धुलिखेलले १ अर्ब १५ करोडको बजेट विनियोजन गर्दा त्यहि बजेट भित्र रहेर प्रत्यक्ष रोजगारी सिर्जना गर्ने एक वडा एक कार्यक्रमलाई प्राथमिकता दिएको छ । दीर्घ रोगीहरुलाई घर घरमा औषधी, धुलिखेलका खेलाडी सधै अगाडि, स्वःउत्प्रेरित शिक्षक कार्यक्रम, लैङ्गिक हिंसा नगरी समान ब्यवहार, अपाङ्गतामैत्री नगरपालिका घोषणा, जन्म र मृत्यु दर्ता देशकै नमूना बनाउने, धुलिखेलको आवाज, छुवाछुतमुक्त समाज, आर्थिक विकासको आधार उद्यमशीलता र रोजगार, मेयर गरिबी निवारण कार्यक्रम र उद्यमी युवा समृद्ध धुलिखेल निर्माणमा टेवा भन्ने लोकप्रिय कार्यक्रम समावेश गरेको छ । सदरमुकाम समेत रहेको धुलिखेलले स्वास्थ्य शहर अभियानलाई साकार बनाउन स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ड्यासबोर्ड कार्यक्रम, रक्त अल्पता मुक्त नगर, दीर्घ रोगीहरुलाई घर घरमा औषधी पु¥याउने घोषणा गरेको छ । नसर्ने रोगको प्रकोपको नियन्त्रण गर्न दीर्घ रोगीहरुलाई घर घरमा औषधी पु¥याउने र स्वास्थ्य परिक्षणको ब्यवस्था मिलाउने धुलिखेलले घोषणा गरेको छ ।
धुलिखेल नगर अस्पताल संचालन, स्वास्थ्य पर्यटन गन्तब्यको, रोग विरुद्धको चेतना ब्यक्ति ब्यक्तिमा, रोगको उपचार बस्ती बस्तीमा, बहुक्षेत्रीय स्वास्थ्य, प्रत्येक स्वास्थ्य संस्थामा अक्सिजन सेवा, स्वास्थ्य बीमा, नगरको जिम्मा, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार, निःशुल्क एम्बुलेन्स सेवा, मानसिक रोग तथा मनोसामाजिक परामर्श, हाम्रो स्वास्थ्य हाम्रो सरोकार, स्वास्थ्य शहर, धुलिखेल नगर, धुलिखेल नगर, धुँवा मुक्त शहर, विपद्मा नगरपालिकाको साथ, अत्यावश्यकीय औषधी तथा उपकरण अभाव हुन नदिन र विशेषज्ञ घुम्ति स्वास्थ्य शिविर संचालन घोषणा गरेको छ । शिक्षामा स्वःउत्प्रेरित शिक्षकले मात्र सिकाउछन् भन्ने कार्यक्रमलाई प्राथमिकता दिने, नतिजाका आधारमा शिक्षक र विद्यार्थीलाई प्रोत्साहन पुरस्कार र दण्डको ब्यवस्था मिलाई सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने, शिक्षकको ब्यवस्थापन कार्य र विद्यार्थीको सिकाई उपलब्धीको मुल्यांकन गरी समग्र शैक्षिक उपलब्धीको आधारमा विद्यार्थी र शिक्षकलाई दण्ड पुरस्कारको नीति धुलिखेलले लिएको छ । धुलिखेलका खेलाडी सधै अगाडी भन्ने नारालाई ब्यवहारमा ल्याउन युवा तथा खेलकूद कार्यक्रम प्रभावकारी बनाउने, महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशिता लगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने, लैङ्गिक हिंसा नगरी समान ब्यवहार गरौं, महिला पुरुष कोहि पनि हिंसामा नपरौ भन्ने नारालाई कार्यान्वन गर्ने घोषणा धुलिखेलले गरेको छ । ब्यक्तिगत घटना दर्ता सम्बन्धमा देशकै नमूना सिकाई तथा ब्यवस्थापकीय केन्द्रको रुपमा विकास गर्ने, अपाङ्गतामैत्री नगरपालिका घोषणाका लागि पदमार्ग निर्माण तथा संरचनाहरुलाई अपाङ्गमैत्री बनाउन जोड दिने घोषणा गरेको छ । बाल अधिकारको संरक्षण तथा आपतकालीन अवस्थामा उद्धार तथा संरक्षणको लागि वडा नगर बाल संरक्षण कोष संचालनमा निरन्तरता दिईनेछ । जन्मदर्तालाई नै पहिलो आधार मान्ने कार्यलाई प्रभावकारी बनाउँदै अगाडि बढ्ने घोषणा धुलिखेलले गरेको छ । धुलिखेल जस्तै अन्य पालिकाहरुले पनि बजेट प्रस्तुत गरेका छन् । तर प्रत्यक्ष रोजगारी पुग्ने कार्यक्रम न्यून छन् । स्थानीय तहले स्थानीय स्तरमा रोजगार बढाउन नसक्दा समेत समृद्ध मुलुक, समृद्ध पालिका, वडा र ब्यक्ति बन्न सम्भव छैन ।





