2026 August 16/ 12:09: 30am

    धुलिखेल/धुलिखेल नगरपालिका नगर सभाको अठारौं अधिवेशन नगरका प्रमुख अशोक ब्यान्जुको अध्यक्षतामा सम्पन्न भएको छ । 
    नगर सभामा आ.ब २०८२/०८३ को बजेट तथा कार्यक्रम संसोधन, भू–उपयोग वर्गिकरण सम्बन्धि प्रतिबेदन, कार्यपालिका बैठक, विभिन्न विषयगत समिति, पदपूर्ति लगायत विषयगत विभिन्न समितिहरुले गरेका निर्णय अनुमोदन,  नगरपालिकाको संगठन र व्यवस्थापन सर्वेक्षण बारे छलफल गरि सभामा निणार्यथ पेश गरिएको थियो । सभामा नगर उपप्रमुख निराजन जङ्गमले बजेट संसोधनको औचित्यबारे तथा प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनीले बजेट रकमान्तरको बारे सभामा प्रस्तुत गरेका थिए । भु–उपयोग वर्गिकरण सम्बन्धी २ नम्बर वडा अध्यक्ष अर्जुन न्यौपानले, संगठन तथा ब्यबस्थापन सम्बन्धी वडा अध्यक्ष सन्तमान लामाले प्रस्तुत गरेका थिए । 
    सभामा नगर प्रमुख ब्याञ्जुले नगरले विभिन्न विकासका कामहरु गर्दै आएको बताए । खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, रोजगार तथा सिपमुलक तालिम, कृषि औजार प्रदान गरेको बताए । कोभिड, बाढी पहिरो लगायतका विभिन्न विपत्ति आएर विकास निर्माणमा बाधा परेको बताए । धुलिखेल नगरपालिकाले स्थानिय तहमा सबैभन्दा बढी कानुन निर्माण गरेको ब्याञ्जुले बताए ।