बतासे/धुलिखेल नगरपालिका वडा नम्बर १० ले वडामा रहेका जेष्ठ नागरिक, एकल महिलाहरु र अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडासहित सम्मान गरेको छ ।
वडा अध्यक्ष गोविन्द प्रसाद उपाध्यायको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी, डा. सुशान्त गौतम, स्वास्थ्य सह–सयोजक सरोज थापा, वडा सदस्यहरु रन्तमान तामाङ, मछिन्द्र राउत, सम्झना परियार, अशोक कुमार शाह, वडा सचिव ईश्वर प्रसाद सापकोटा, स्वास्थ्य चौकी ईन्चार्ज बलराम पौडेल लगायतको उपस्थिति रहेको थियो । वडाले हरेक वर्ष जेष्ठ नागरिक, एकल महिलाहरु र अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गर्दै आएको वडा अध्यक्ष उपाध्यायले बताए । वडामा रहेका जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गर्ने, तिर्थाटान गराउने, उनिहरुको सम्मानमा कुनै कसुर बाँकी नराखिएको वडा अध्यक्ष उपाध्यायले बताए ।
वडामा भौतिक विकाससँगै बालबालिका, खानेपानी, स्वास्थ्य, शिक्षाका क्षेत्रमा काम गर्दै आएको बताए । वडामा रहेका जेष्ठ नागरिक १ सय १२ एकल महिला ८० जना र पूर्ण अपाङ्ग १ गरी १ सय ९३ जनालाई सम्मान गरिएको र उपस्थित जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण समेत गरिएको वडा सचिव ईश्वर प्रसाद सापकोटाले बताए ।









