2026 August 18/ 07:29: 53pm

    बनेपा/सामाजिक शिक्षा, एकता र प्रगतीको कडी भन्ने मुल नाराका साथ ज्ञानज्योती ईङ्गिलिस सेकेण्डरी स्कुलमा सामाजिक शिक्षा शैक्षिक प्रर्दशनी २०८१ आयोजना गरेको छ । 
    प्रर्दशनीमा कक्षा २ देखी १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए । पढाई सँगै ब्यबहारीक शिक्षा प्रदान गर्न विद्यालयले प्रत्येक वर्ष विषयगत शैक्षिक प्रर्दशनी गर्दै आएको प्रिन्सिपल दिपककर्मी मानन्धरले बताए । प्रर्दशनीमा बनेपामा मनाईने विभिन्न सास्कृतिक झल्कने, चण्डेश्वरी जात्रामा प्रयोग हुने रथ, गठे मगंलको चित्र, ट्राफिक नियम, नेपालको भौगोलिक, विभिन्न समयमा भएका प्रजातन्त्र, सशस्त्रयुद्ध सम्बन्धी, गणतन्त्र स्थापना, संविधान जारी, नेपालका प्रधानमन्त्रीहरुका बारेमा जानकारी सहितका सामाग्री प्रर्दशनीमा राखिएको थियो ।
    त्यसैगरी लाखे नाच, विभिन्न संस्कृति भल्कने नाच, साँस्कृतिक कार्यक्रम समेत प्रर्दशन गरिएको प्रबन्ध निर्देशक शरण कुमार मानन्धरले बताए । प्रर्दशनीको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धरले गरेकी थिईन् । प्रमुख अतिथी मानन्धरले संस्थागत विद्यालयहरुले घोकन्ते शिक्षा मात्रै प्रदान गर्छन् भन्ने कुराको खण्डन भएको बताईन् । संस्थागत विद्यालयका विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा मार्फत अनुशासन, नेतृत्व विकास, ट्राफिक नियम, संस्कार लगायतका विषयमा अध्यापन गराएकोमा धन्यबाद दिएकी थिईन् । विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा सँगै सिपमूलक शिक्षा प्रदान गर्नु पर्ने र नगरपालिकाको तर्फबाट कस्तो सहयोग गर्न सकिन्छ गर्न तयार रहेको मानन्धरले बताईन् । प्रदर्शनीमा ३९ वडा स्टल राखिएका थिए । प्रदर्शनीमा प्रिन्सिपल दिपककर्मी मानन्धर, प्रबन्धक निर्देशक शरण कुमार मानन्धर, विद्यालयका शिक्षक, विद्यार्थी अभिभावकहरुले प्रदर्शनीको अवलोकन गरेका थिए ।