2026 August 18/ 07:29: 58pm

    पनौती/नेपाल उत्पीडित जातिय मुक्ति समाज पनौती नगरपालिका वडा नम्वर ८ को दोश्रो वडा सम्मेलन तथा वनभोज कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी काभ्रेका अध्यक्ष राजन भुर्तेलको प्रमुख आतिथ्यता तथा संयोजक सविना परियारको अध्यक्षतामा सम्पन्न भएको छ । 
    वडा सम्मेलनले सविना परियारको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । कमिटीको सचिवमा दिपक घतान, उपसचिव अस्मिता परियार रहेकी छिन् । सदस्यहरुमा राधा परियार, विमला मंग्रान्ती, मैया नेपाली, रिता मंग्रान्ती, शान्ति मंग्रान्ती र काली परियार रहेका छन् । अधिबेशनको उद्घाटन सत्रमा बोल्दै जिल्ला अध्यक्ष राजन भुर्तेलले जातीय भेदभाव र छुवाछुतको अन्त्यका लागि नेकपा एमालेले कानूनी ब्यवस्था सहित ब्यवहारमा समेत प्रयोगमा ल्याएको बताए । कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्य डा.अम्बुभवानी कार्की, एमाले जिल्ला कमिटी सचिव राजकुमार सापकोटा, नगर कमिटी अध्यक्ष सुरेश हुमागाई, एमाले जिल्ला कमिटी सदस्य तेज नेपाली, मदन विक, नगर कमिटी अध्यक्ष नविन नेपाली लगायतले धारणा राखेका थिए । चण्डिका परियारको संचालनमा सम्पन्न कार्यक्रममा मुक्ति समाजका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु र जनप्रतिनिधिहरु, एमालेका विभिन्न जनबर्गिय संगठनमा संलग्नहरुको सहभागिता रहेको थियो ।