बनेपा/सुडेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष शिब प्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभामा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिबेदन संस्थाका सचिब ईश्वर प्रसाद श्रेष्ठले आर्थिक प्रतिबेदन कोषाध्यक्ष रामेश्वर खत्रीले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजी ४४ लाख ८१ हजार २ सय, निक्षेप ३ करोड ६९ लाख ७८ हजार, २ करोड ७७ लाख ३८ हजार, कुल पुजीं ४ करोड २९ लाख ३ हजार रहेको जनाएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष शिब प्रसाद तिमल्सिनाले संस्थामा ढुक्क भएर कारोबार गर्न सदस्यहरुलाई आग्रह गरेका थिए । संस्था सहकारीको ऐन निति र काननुन अनुसार सञ्चालन भएकाले कुनै समस्यामा नभएकाले ढुक्क भएर कारोबार गरे हुन्छ तिमल्सिनाले भने । सदस्यहरुले कुन सहकारी कस्तो छ भनेर बुझेर मात्रै कारोबार गर्नु पर्ने तिमल्सिनाले बताएका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट बचत कर्ता, असली ऋणी, जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो ।





