2026 August 19/ 05:37: 19am

              बनेपा/काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा बनेपा नगरपालिकाको नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा तथा साकोसको अध्यक्ष हरि गोपाल मानन्धरको सभापतित्वमा सम्पन्न भएको छ ।
             प्रमुख अतिथि शान्तिरत्न शाक्यले संस्थाको उन्नति र प्रगतिको कामना गर्दै पारिवारिक रुपमा  चलेका सहकारीमा समस्या आएको तर सहकारीको  ऐन निति र परिधि भित्र रहि सञ्चालनमा आएको बनेपाका कुनै पनि सहकारीमा समस्या नआएको बताए ।  शाक्यले  नीति र विधीमा काँठु गणेश सहकारी संचालन भएको बताउदै सबै बचत कर्तालाई ढुक्क भएर बचत गर्ने समेत अनुरोध गरेका थिए ।
              संस्थाका अध्यक्ष हरि गोपाल मानन्धरले साकोसप्रति सदस्यहरूले देखाएको विश्वास र सद्भावले गर्दा नै आज संस्था सदस्यहरूको माझमा पहिचान सहितको सहज, सरल र सुरक्षित संस्था भएर आफ्नो विश्वास कायम राख्न सकेको बताए । सभामा सस्थाको आर्थिक वर्ष २०८०÷ ०८१ को वार्षिक प्रगति प्रतिबेदन सचिब दिपेन्द्र श्रेष्ठले आर्थिक प्रतिबेदन कोषाध्यक्ष निर्मल मुस्याजुले लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन  संयोजक राम माया मानन्धरले सभामा प्रस्तुत गरेका थिए ।
                कार्यक्रममा जेष्ठ नागरिक सम्मान, कार्यक्रम अन्तर्गत ७ वर्ष भन्दा माथीक शेयर सदस्यहरु उत्कृष्ट दैनिक बचत कर्ता,  उत्कृष्ट क्रमिक बचत कर्ता,  बाल बचत कर्ता लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको उप–मन्त्री राजु सिग्देल, संस्थाको सल्लाहकारहरु त्रिरत्न राजबाहक, योगेन्द्रनाथ कर्माचार्य, बुद्ध रत्न मानन्धर, महेन्द्र कारंजित, आदर्श साकोसको अध्यक्ष उमेश मानन्धर, अल्फा साकोसको अध्यक्ष प्रताप मान कायस्थ, न्हुज साकोसको दिपक मानन्धर, सक्षम साकोसको भवानी जोशी लगायतको उपस्थिति रहेको थियो । । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष ईन्द्रलाल मानन्धरले राखेका थिए भने कार्यक्रमको संचालन दिपेन्द्र श्रेष्ठले गरेका थिए ।