2026 August 19/ 05:37: 09am

         बनेपा/निर्माण ब्यवसायी सघं काभ्रेको १४ औ वार्षिक साधारण सभा निर्माण ब्यवसायी महासघंका केन्द्रिय अध्यक्ष रवि सिहंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
          प्रमुख अतिथी सिंहले निर्माण ब्यबसायीहरु चौतर्फि घेरावन्दीमा परेको बताए । नेपाल सरकारले काम गरेका पैसा दिदैन, उपभोक्ताहरुले काम गरेन भनेर भन्छ्न् हाम्रो पिडा र ब्यथा कस्लाई सुनाउने, के कराणले काम गरेन ? कसरी काम गाडी बढेन भनेर कस्ले सोध्ने ? सिंहले प्रश्न गरेका छन् । कानुनी र अन्य झन्झट नभएका ठाँउमा निर्माण ब्यबसायीहरुले समय अगाबै काम सकेका छन् र पुरस्कृत पनि भएको सिहंले बताए । सबै निर्माण ब्यबसायी सहि छन् भन्न सकिदैन तर सबै ब्यवसायीलाई एउटै दृटिकोणले हेर्नु नहुने सिंहको भनाई छ । ्
कार्यक्रमका सभापति तथा सघंका अध्यक्ष विजय तामाङले सघंमा चुनावी वर्षमा ५  सय ३० वटा निर्माण ब्यवसाय दर्ता भएकामा आर्थिक वर्ष २०८१ जम्मा २ सय १९ मात्रै नविकरण भएको वताए । निर्माण ब्यबासायीहरुलाई धेरै समस्या भएको वताउँदै तामाङले सबै पक्षबाट ब्यबसायीको मात्रै दोष देख्ने प्रबृत्ति बढ्दै गएको तर ब्यसायीको समस्या बुझने प्रयास समेत नभएको आरोप लगाए । कार्यक्रममा निर्माण ब्यबसायी सघंका पुर्व अध्यक्ष तथा पुर्व वागमती प्रदेस मन्त्री चन्द्र लामा, जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम, ब्यबसायी महासघंका बरिष्ठ उपाध्यक्ष एडी लामा, नमोबुद्ध नगरपालिकाका उप प्रमुख रत्न लामा, नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, काभ्रे उद्योग वाणिज्य सघंका बरिष्ठ उपाध्यक्ष रविन्द्र बैदार, महासघंका केन्द्रिय सदस्य उपेन्द्र घिसिङ्ग, ब्यवयासी महासघंका वागमती प्रदेश अध्यक्ष छत्र तामाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष दमन दोङले राखेका थिए भने सञ्चालन सचिब गौतमले गरेका थिए ।