2026 June 21/ 07:37: 46pm

    बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को प्राविधिक सहयोगमा बुधबार एक्सेस बागमती प्रथम समुहको ३२ औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 
    संस्थाका अध्यक्ष नबिनभक्त वादे श्रेष्ठको सभापतीत्व र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन) का अध्यक्ष उद्धवप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको छ । सहकारीका असल अभ्यासहरु सिक्ने सिकाउने तथा कार्यकुशलता व्यवस्थापन गर्दै जाने उद्देश्यका साथ उक्त कार्यशाला सम्पन्न भएको छ । गोष्ठीमा बचत तथा ऋण कारोबार गर्ने काभ्रे, दोलखा, नवलपरासी, मन्थली र भक्तपुर जिल्लामा संचालित १० वटा सहकारीका अध्यक्ष, पदाधिकारी, प्र.का.अ. लगायतका प्रतिनिधिहरुको उपस्थितिमा साकोसहरुले गर्दै आएका विभिन्न कार्यहरु, असल अभ्यासहरु र हालको बित्तिय अवस्थाको बारेमा बृहत छलफल गरिएको थियो । आजको अवस्थामा सहकारीमा सुशासन र सुरक्षित भौतिक संरचनाको विषयमा छलफल केन्द्रित रहेको थियो । संस्थामा सुशासन र दिगो सुरक्षाको लागि गोष्ठि मार्फत १७ वटा निर्णयहरु गरेर छलफल समाप्त गरिएको चण्डेश्वरी साकोसका अधयक्ष नविनभक्त बादेले बताउनु भयो । 
    कार्यक्रमको सहजीकरण नेफ्स्कुनका बरिष्ठ कार्यक्रम अधिकृत पे्रमनाथ वाग्लेले गर्नुभएको थियो । समापन कार्यक्रम नेफ्स्कुनका अध्यक्ष  चन्द्र प्रसाद ढकालको समेत उपस्थिति रहेको थियो ।