2026 June 21/ 10:04: 29am

         पनौती/पनौती नगरपालिका वडा नम्बर ८ ले एक घर, एक मिनेट कार्यक्रम सञ्चालन गर्ने भएको छ । 
        फागुन ४ गतेबाट कार्यक्रम सुरु हुने पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बेदप्रसाद बञ्जाराले जाकनकारी दिए । कार्यक्रममा वडा अध्यक्ष बेदप्रसाद बञ्जारा, कार्यपालिका सदस्य चण्डिका परियार, वडा सदस्य राजेन्द्र केसी, विश्वनाथ श्रेष्ठ, शोभा कार्की, वडा सचिव राजकुमार श्रेष्ठ, बालमैत्री सहजकर्ता गिता थापा, बाल सञ्जाल र बाल समुहमा आवद्ध बालबालिका सहभागी हुनेछन् । बालबालिकाको क्षेत्रसहित समग्रमा वडा कार्यालयले गरिरहेका कार्य, आगामी योजना जनतालाई जानकारी गराउने र जनताको गुनासो, सल्लाह सुझाव लिने गरी कार्यक्रम तय गरिएको वडा अध्यक्ष बञ्जाराले जानकारी दिएका छन । निर्वाचनपछि पहिलोपटक एकैपटक सबै घरमा पुग्ने गरि कार्यक्रम तयार गरिएको वडा सदस्य केसीले जानकारी दिए । वडा नम्बर ८ लाई फागुनमा बालश्रममुक्त वडा घोषणा गर्ने तयारी गरिएको बालमैत्री सहजकर्ता गिता थापाले जानकारी दिइन् । अभियानको क्रममा अभिभावकलाई बालअधिकारको सम्मान गर्ने, बालश्रम प्रयोग नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गराइने उनले जानकारी दिइन् । वडा नम्बर ८ मा एउटा वडास्तरीय बाल सञ्जाल, १३ वटा विद्यालय र टोलस्तरीय बाल समुह रहेका छन् ।