बनेपा/नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभा दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने सभापतित्व दबूका काभ्रे शाखा अध्यक्ष सोमकाजी शाक्यले गरेका थिए ।
सभामा प्रमुख अतिथि नृपेन्द्रलाल श्रेष्ठले काभ्रे शाखा सञ्चालनमा हुने कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्न दबूको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । सभामा केन्द्रीय सल्लाहकार मोहन दुवाल, केन्द्रीय पार्षद् एवं काभ्रे शाखाका सल्लाहकार सूर्यप्रसाद लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शम्भुलाल श्रेष्ठले राखेका थिए भने प्रगति प्रतिवेदन सचिव प्रकाश बहादुर कायस्थले र आर्थिक प्रतिवेदन सह–सचिव बिपशना शाक्यले प्रस्तुत गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन दबूका अध्यक्ष सोमकाजी शाक्यले गरेका थिए भने सञ्चालन दबूका प्रदेश पार्षद काभ्रे शाखाका निवर्तमान अध्यक्ष सिद्धिबहादुर कर्माचार्यले गरेका थिए ।









