बनेपा/चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थालि को आयोजनामा र नेपाल अर्वुद्ध रोग निवारण संस्थाको प्राविधिक सहयोगमा र महिला उपसमितिको संयोजनमा निशुल्क महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक परिक्षण नाला सेवा केन्द्रमा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष नविन भक्त बादेले संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त शिविरको आयोजना गरिएको बताए । संस्थाले रक्तदान, स्वास्थ्य शिबिर, जेष्ठ सदस्यहरुलाई तिर्थाटन, सम्मान जस्ता विभिन्न कार्य गर्दै आएको जनाएको छ । नेपालकै उत्कृष्ट रहेको साकोसले सदस्यहरुलाई स्वास्थ्य, शिक्षा, रोजगारको क्षेत्रमा सहोग गर्दै आएको बादेले बताए । शिविरमा १ सय ७३ जनाले परिक्षण गराएको बताएको छ । परिक्षण पश्चात निःशुल्क औषधि वितरण गरिएको थियो । कार्यक्रमको संयोजन संस्थाकी महिला उपसमिति संयोजक मनोहरी पोटेले गरेकी थिईन् ।









