बनेपा/नोबेल बचत तथा ऋण सहकारी संस्था लि. तथा काभ्रेपलाञ्चोक जिल्ला बचत संघ लि बिच संस्था सञ्चालन पारदर्शिता, शुसासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीहरुमा देखीएको समस्यालाई कसरी समाधान गर्ने, सदस्यहरुलाई सहकारीमा कसरी विश्वास दिलाउने र निरन्तर कारोबार गर्ने विषयमा केन्द्रित रहेको थियो । सहकारी ३ वटा कुराले मात्र सहकारीमा समस्या हुन सक्ने जिल्ला बचत संघका अध्यक्ष तथा कार्यक्रममका प्रमुख अतिथी उदयराम कायस्थले बताउनु भयो । सहकारीमा कर्मचारीका कारण, सञ्चालककले संस्थाको रकम अपचलन गरेका कारण, सदस्यहरुले ऋण समयमा नतिरेका कारण, सहकारीको निति र ऐन नियमन अनुसार सञ्चालन नभएका कारणले सहकारीमा समस्या आएको र सदस्यहरु प्रति नकारात्मक धारण बनेको कायस्थले जानकाकारी दिनु भयो । जिल्ला बचत संघले आपतकालिन कोष स्थापना गरेको, कर्जा सुचना केन्द्रलाई प्रभावकारी बनाउन लागीएको र सहकारीहरुलाई ऋण तथा कारोबार मात्रै नभई सदस्यहरुको आयस्तर बृद्धी गर्न सहकारीहरु लागेको बताउनु भयो ।
नोबेल साकोसका अध्यक्ष राजकुमार विष्टले नोबेल साकोसमा असहले सम्म सहकारीमा कुनै समस्या नभएको र अब सहकारीले ५ वर्षे रणनिती बनाएर अगाडी बढ्न लागेको बताउनु भयो । सहकारी संस्था सहकारीको ऐन र नियमन अनुसार सञ्चालनका कारण र सदस्यहरुको विश्वासका कारण समस्या नभएको विष्टले बताउनु भयो । कार्यक्रममा जिल्ला बचत सघंका प्रवन्ध गुरुप्रसाद ढकालले सहकारी सञ्चालन, शुसान र पारदर्शिताका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा सहकारीका सञ्चालक समिति, उपसमिति, कर्मचारीहरु, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, काभ्रेटाईम्स साप्ताहिकका कार्यकारी सम्पादक रमेश न्यौपानेको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका सचिब मोहन कुमार श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।









