बनेपा/बनेपा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष अमन पोटेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागतमी प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा सचिव जितेन्द्र नकर्मीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुविन मानन्धरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन जगदिप पलाञ्चोकेले प्रस्तुत गरेका थिए । सहकारीले सिद्धान्त र नियम अनुसार कारोवार गर्दा संकट नरहने बताउँदै अध्यक्ष अमन पोटेले सहकारीहरुमा देखिएका संकटहरु नियम बाहिर रहेका सहकारीहरुलाई कठिन रहेको बताए । सभामा बागमति प्रदेश सभा सदस्य कन्चनचन्द्र बादेले सहकारी मार्फत आर्थिक समृद्ध हासिल गर्नु पर्ने बताए । २२ सय ६० सदस्य रहेको उक्त सहकारीमा २० करोड १४ लाख २९ हजार ५ सय ७६ बचत रहेको छ भने शेयर पुँजी ३ करोड ७८ लाख ६१ हजार ५ सय ४६ रुपैया रहेको छ । कार्यक्रममा सल्लाहकारहरु राजु सरकार र राजन भालु, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्थाका संचालक सदस्य ज्ञानु दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बहुउदेश्यीय सहकारीका अध्यक्ष विद्यान जोशी, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, सहकारी बैकका प्रवन्धक उपेन्द्र दाहाल लगायतले सहकारी अभियानमा बनेपा बचतको भूमिकाका बारेमा मन्तब्य राखेका थिए ।









