2026 June 20/ 11:37: 38pm

१६ औ सभा सम्पन्न
    पनौती/पनौतीमा रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ सभा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यता तथा अध्यक्ष रोशनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । 
    संस्थाको साधारण सभामा सहभागि बक्ताहरुले संस्थाले नाम अनुसारको काम गरेको भन्दै शुभकामना ब्यक्त गरेका थिए । सदस्यहरुलाई उद्यम तर्फ केन्द्रित गरी आयआर्जनमा जोड दिएको सहभागिहरुले बताए । सभामा उपाध्यक्ष सनिल सुन्दर सैंजु, सचिव ऋषिराम सापकोटा र कोषाध्यक्ष विमल कार्कीले संस्थाका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । लेखा सुपरिवेक्षण समितिका संयोजक सहकुल बस्नेतले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ४४ सय ८८ जना शेयर सदस्य रहेको उक्त सहकारीमा ४ करोड ६० लाख १३ हजार ९ सय शेयर पुँजी रहेको छ भने ४७ करोड १९ लाख ३६ हजार ८ सय १० निक्षेप जम्मा भएको छ । त्यस्तै ४३ करोड ६ लाख ६५ हजार रुपैया ऋण लगानी भएको छ । अधिबेशनले सनिल सुन्दर सैंजुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष सविता थापा, सचिव विमल कार्की, कोषाध्यक्ष शिवनारायण घुलु रहेका छन् । त्यस्तै सदस्यहरुमा सहकुल बस्नेत, विन्दा विक, रञ्जना थापा खड्का, प्रविन कर्माचार्य, द्धारिकानाथ राजभण्डारी, सुमित्रा श्रेष्ठ, रामकृष्ण काफ्ले, इश्वर विजुक्छे रहेका छन् । निर्वाचन समितिमा महेश्वर जंगमको संयोजकत्वमा सुर्यबहादुर गोले र कल्पना विक सदस्य रहेका थिए ।