2026 June 20/ 11:37: 38pm

    पनौती/एकिकरण पछि जिल्लाको सबै भन्दा ठुलो सहकारी बन्ने अभियान बोकेको पनौतीको सामुदायिक साकोसले २९ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । 
    पनौतीमा रहेको सामुदायिक साकोसको सभा नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा केन्द्रिय कार्यालयमा आयोजना गरियो भने सेवा केन्द्रहरुमा सम्वन्धित पालिकाका प्रमुख तथा प्रतिनिधिहरुको प्रमुख आतिथ्यतामा सम्पन्न भएका छन् । पनौतीमा आयोजित सभामा अध्यक्ष प्रकाश बञ्जाराको अध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका सहकारीका अभियान्ताहरु तथा संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए । एकिकरण पछिका सुशासन तथा सदस्यमुखी कार्यक्रमलाई जोड दिन सहभागिहरुले अनुरोध गरे । सभामा सचिव मुकुन्द शर्माले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सरोजकुमार तिमल्सिनाले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन धुर्वप्रसाद सेढाईले प्रस्तुत गरेका थिए । ६६ हजार भन्दा धेरै सदस्य र ६ अर्ब भन्दा धेरै पुँजी निर्माण गरी सामुदायिक साकोस पहिलो संस्था बन्ने गरी ज्योति बहुउदेश्यीय सहकारीसँग एकिकरण गरेको छ । विन्धबासिनी सहकारीमा पनि ६२ हजार सदस्य र पौने ५ अर्ब पुँजी परिचालन भएको छ । 
    संस्थाको आ.व. ०७९।०८० को अन्त्य सम्ममा शेयर सदस्य र बाल सदस्य ५१०१५ जना, वासलात ४ अर्ब ४६ करोड, शेयर पुँजी ३९ करोड ४४ लाख, जगेडा कोष ३६ करोड ३१ लाख, अन्य कोषहरु १८ करोड ७२ लाख, बचत निक्षेप २ अर्ब ९२ करोड, ऋण लगानी ३ अर्ब ५९ करोड रहेको छ । साधारण सभाको दिनसम्म संस्थामा आबद्ध शेयर सदस्य ४५५३६ जना मध्ये २९८२२ जना ६५.४९ प्रतिशत शेयर सदस्यको उपस्थितिमा सभा सम्पन्न भयो । मुख्य कार्यालयमा सम्पन्न सभामा प्रिमियर डेन्टल क्लिनिक प्रा.लि. को प्राविधिक सहयोगमा सम्पन्न दन्त शिविरमा १३१ जना शेयर सदस्यहरुले दन्त परिक्षण तथा दन्त सेवा लिएका थिए ।