2026 June 20/ 11:35: 16pm

उद्धव अधिकारी/पाँचखाल
    पाँचखाल भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औ बार्षिक साधारण सभा पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवारको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष भोलानाथ दंगालको अध्यक्षतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा वडा अध्यक्ष सुन्दर लामा, सुन्दर अधिकारी, रामकृष्ण दंगाल, पाँचखाल नगरपालिका कृषि तथा सहकारी शाखाका प्रमुख सुुर्दशन बोलखे, प्रतिष्ठा कृष्ण सहकारीका सचिव प्रदिप पौडेल, प्रगतिशिल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव काफ्ले, आर्थिक विकास मित्र बचत तथा ऋण सहकारीका उपाध्यक्ष राजन कार्की, पाँचखाल भ्याली बहुउद्देश्यीय सहकारीका सल्लाहकार, निर्वाचन उप समितिका संयोजक डोरेन्द्रराज सापकोटा, इन्द्रबहादुर लामा, विनोद बोलखे लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा उपाध्यक्ष पुरुषोतम लुईटेलले स्वागत गरेका थिए भने सचिव केदार लुईटेल, कोषाध्यक्ष दिलबहादुर श्रेष्ठ, लेखा सुपरिवेक्षण समितिका संयोजक तारानाथ बोलखेले प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । 
    १४ सय ७३ सदस्य रहेको उक्त सहकारीमा ३ करोड ३४ लाख ८२ हजार ८ सय ७५ रुपैया बचत रहेको छ भने १ करोड ३२ लाख ३० हजार ९ सय शेयर पुँजी रहेको छ । त्यस्तै ४ करोड ९१ लाख १७ हजार ९ सय २० रहेको छ । पाँचखाल तथा आसपासका क्षेत्रमा सहकारीले पु¥याएको योगदानको चर्चा गर्दै पछिल्लो अवस्थामा सहकारीको विश्वास र जिम्मेवारीलाई अझै बढाउनु पर्ने बताईएको थियो ।