2026 June 20/ 01:40: 00pm

बनेपा/बनेपाका पुर्व नगर प्रमुख डा. सुरेन्द्रबहादुर बादे श्रेष्ठको ४५ औ दिनको पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । बनेपामा आयोजना गरिएको कार्यक्रममा डा. सुरेन्द्रबहादुुर बादे श्रेष्ठले पु¥याएको योगदानको चर्चा गरिएको थियो । 
    बनेपा नगरपालिका पुर्व प्रमुख एवं डा. सुरेन्द्रबहादुर बादे श्रेष्ठका भाई लक्ष्मीनरसिं बादेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बामगती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, चैतन्य बहुमुखी क्याम्पस बनेपाका प्रमुख जुजुभाई मानन्धर लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरुले चर्चा गरेका थिए ।