बनेपा/नेपाल परिवार नियोजन संघले संघका पूर्व अध्यक्ष तथा पूर्व केन्द्रिय सदस्य सुरकृष्ण बैद्यलाई नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय उपाध्यक्ष तथा धितोपत्र बोर्डको संचालक सदस्य नियुक्ति भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।
संघका सभापति शुभराज जोशी सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष बैद्यले नेपालको वर्तमान अवस्था अनुसार उद्योगी ब्यवसायीका पक्षमा खेल्नुपर्ने भूमिकाका लागि आफु सधै तयार भएको बताउनु भयो । बैद्यले काभ्रे परिवार नियोजन संघले देशकै नमुनाका रुपमा सेवा प्रदान गरेको बताउनु भयो । कार्यक्रममा नेपाल परिवार नियोजन संघका केन्द्रिय सदस्य ईन्द्र लक्ष्मी श्रेष्ठ, संघका कार्यसमिति पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संघका कार्यालय प्रमुख तुलसीदेवी मानन्धरले संघले विभिन्न स्वास्थ्य शिविरहरु, विद्यालयमा परिवार नियोजन संघ सम्बन्धी जनचेतना प्रदान गर्दे आएको बताउनु भयो ।









