2026 June 20/ 12:24: 53pm

    बनेपा/नेपाल सरकारले आर्थिक वर्ष २०८०/२०८१ मा दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय गरेकाले  खारेज नर्गन जिल्ला दुग्ध उत्पादक सहकारी सघ काभ्रेले अनुरोध गरेको छ । 
    कृषकका समस्याहरु सिधै सिंहदरबारसम्म पुग्न नसक्ने भएकाले दुध क्षेत्रमा संलग्न कृषक, उद्यमी उपभोक्ता र सरकार विचमा रही दुध क्षेत्रको निती निर्माण विकास गर्न गठन भएको दुग्ध विकास वोर्डलाई खारेजीको प्रस्ताब प्रती जिल्ला दुग्ध उत्पादक सहकारी सघंले आपती जनाएको अध्यक्ष नारायण प्रसाद बडालले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो । कृषक, उद्योगी उपभोक्ता र सरकारको पुलको रुपमा रहेको उक्त राष्ट्रिय दुग्ध विकास वोर्डलाई यथाबत राख्न नेपाल सरकारलाई अनुरोध गरिएको बडालले जानकारी दिनु भयो ।