बनेपा/विश्व हिन्दु महासंघ, काभ्रेपलान्चोक जिल्ला कार्य समितिको सभापतिमा उद्धवप्रसाद भट्टराई चयन हुनुभएको छ । गत शनिवार हंसदा योग आश्रम, जनागाल बनेपास्थित आश्रमको सभा कक्षामा आश्रमका प्रमुख संरक्षक स्वामी नीलकण्ठानन्द गिरिजी महाराजको प्रमुख आतिथ्यमा आश्रमका अध्यक्ष एवं प्रमुख व्यवस्थापक ऋषिकुमार पन्चशील, विश्व हिन्दु महासंघका निमित्त सभापति अरुणकुमार पाण्डेजी, महासंघका केन्द्रिय सदस्य कुमार थापा, महासंघका केन्द्रिय सदस्य स्वामी लिलानाथ चौलागाईं, डा.इन्दुल के.सी., शाकाहारी अभियन्ता साधुराम गिरी, अच्युत बन्जारा, पं..कृष्णप्रसाद अधिकारी लगायतका विभिन्न विद्धान् महानुभावहरुको विशेष उपस्थितिमा विश्व हिन्दु महासंघ काभ्रेपलान्चोक जिल्ला कार्य समिति गठन गरिएको हो । समितिमा उद्धवप्रसाद भटृराई सभापति, साधुराम गिरी उपसभापति, चुडाप्रसाद कोइराला उपसभापति, विदुर पौडेल सचिव, रितु थापा कोषाध्यक्ष, अच्युत बन्जारा सहसचिव र सदस्यहरुमा रुपक खरेल, कृष्णहरि घिमिरे, हरिहर सुवेदी माधवप्रसाद कँडेल , तारा घिमिरे, प्राणनाथ न्यौपाने, सुुदर्शन पौडेल र उत्तम काफ्ले रहनुभएको छ ।
कार्यक्रममा स्वामी निलकण्ठानन्द गिरीजी महाराज र स्वामी ऋषिकुमार पन्चशीलजीबाट योग तथा आध्यात्मिक प्रबचन दिनु भएको थियो भने अरुणकुमार पाण्डे, कुमार थापा, डा.इन्दुल के.सी., स्वामी लिलानाथ चौलागाईं लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रम विश्व हिन्दु महासंघ, जिल्ला कार्य समिति, काभ्रेका सभापति उद्धवप्रसाद भटृराईजीको सभापतित्वमा सम्पन्न भएको थियो ।









