2026 June 20/ 03:22: 39am

    बनेपा/पतंजली योग पिठ हरिद्धारको निमन्त्रणामा हरिद्धारमा हुने योग कार्यकारणी बैठकमा भाग लिन पतंजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रोविन तौजलेको नेतृत्वमा जिल्लाका टोली हरिद्धार प्रस्थान गरेको छ ।
स्वामी रामदेव र आचार्य बालकृष्ण महाराजको उपस्थितिमा आयोजना हुने उक्त बैठकमा सहभागी हुन पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, बनेपा नगर अध्यक्ष मनिषा बडाल, युवा संगठन मन्त्री शोभा नकर्मी, पनौती नगरका प्रतिनिधि शान्ती ताम्राकार, धुलिखेल नगर प्रतिनिधि जयराम श्रेष्ठ र भुम्लु गाउँपालिका दोलालघाट संयोजक सरला श्रेष्ठ सहभागि हुनुहुन्छ । उक्त कार्यकारणी बैठकमा नेपाल भरका जम्मा ४ सय जना योग प्रशिक्षकहरु सहभागी हुने जनाईएको छ ।