पनौती/शिवपुरी साहित्य समाजले काभ्रेली साहित्यकार तथा साहित्यिक पत्रकार सूर्यप्रसाद लाकोजूलाई विष्णु–पुष्पा साहित्यिक पत्रकारिता पुरस्कार २०७९ प्रदान गर्ने भएको छ ।
लामो समयदेखि काभ्रे जिल्लालाई कर्म थलो बनाई साहित्यिक पत्रकारिता गर्दै आएका लाकोजूलाई उक्त पुरस्कारबाट पुरस्कृत गर्न लागिएको जनाएको छ । शिवपुरी साहित्य समाजका सभापति वियोगी बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले सो पुरस्कार दिने निर्णय गरेको हो ।
शिवपुरी गजल सम्मान २०७९ मनोज न्यौपाने विराटनगरलाई, नर बहादुर भारती स्रष्टा सम्मान पवन आलोकलाई, मान शोभा प्रतिभा सम्मान खुमराज घिमिरे शीतगंगा–अर्घाखाँचीलाई, गौरी कार्की स्मृति मुक्तक सम्मान हरिकृष्ण काफ्ले रौतहटलाई प्रदान गरिनेछन् । वरिष्ठ साहित्यकार बुढाथोकीका अनुसार उक्त सम्मान २०७९ फागुन २७ गते शनिबार समर्पण गरिनेछ ।









