2026 June 20/ 01:20: 00am

    बनेपा/पतजली योग समिति काभ्रेको आयोजना भएको जिल्ला भरीका योग उप–शिक्षकहरुको लागि पुर्नःताजगी सम्पन्न भएको छ । 
    तालिम मंसिर २५ देखि पौष १ गते सम्म ६ दिने सञ्चालन भएको थियो भने तालिममा ७९ सहभागिता रहेको थियो । योग उप–शिक्षकहरुलाई एक समारोह विच पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजलेले प्रमाण–पत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि तौजलेले आफुले सिकेको योग विधिलाई जनस्तर सम्म पु¥याई काभ्रे जिल्लालाई योगमय जिल्ला बनाउन सम्पूर्ण उप–शिक्षकहरुको भूमिका महत्व हुने बताउनु भयो । पतञ्जली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा पतंजली योग समिति बाग्मती प्रदेशका सल्लाहकार सरिता शाक्य, सदस्य दमनकुमार श्रेष्ठ, युवा समिति काभ्रेका अध्यक्ष रमेश श्रेष्ठले मन्तव्य राख्नु भएको कार्यक्रमको उद्घोषण महामन्त्री मोहन कृष्ण श्रेष्ठले गर्नु भएको थियो ।