2026 June 20/ 01:08: 35am

    बनेपा/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेले जिल्लामा कृयाशिल संचारकर्मीहरुलाई आयुर्वेद सेवा तथा सेवा प्रर्बद्धनका लागि संचारकर्मीहरुको भुमिकाका बारेमा अन्र्तक्रिया आयोजना गरेको छ । 
    संचालक समिति अध्यक्ष प्रकाश बहादुर कायश्थको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे प्रमुख अतिथी हनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले योग र आयुर्वेद एक अर्काका परिपुरक भएकाले रोग लागिसकेपछिको उपचारमा भन्दा रोग लाग्न नदिन ब्यक्तिले परिवर्तन गर्नु पर्ने आनीबानी तथा रहनसहनमा ध्यान दिनु पर्ने बताउनु भयो । आयुर्वेदको सहि प्रयोग ब्यक्ति स्वस्थ रहने पहिलो माध्यम भएकाले नियमित प्रयोग गर्न तथा रहनसहनका लागि स्थानीय स्तरसम्म पु¥याउनु पर्नेमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जोड दिनु भयो । 
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, स्वास्थ्य केन्द्र प्रमुख डा. बंशवदम्बा कौडिन्न्यायी, कविराज निर्देशक रमेश पनेरु, लेखा प्रमुख कृष्णप्रसाद पराजुली लगायतले आर्युवेद सेवाका बारेमा धारणा राख्नु भएको थियो । कार्यालय प्रमुख डा. बंशबदम्बा कौडिन्न्यायीले आर्युवेदको प्रारम्भ, प्रयोग, आर्युवेदका संन्देशहरु, निशुल्क प्रदान गरिने सेवा तथा औषधीका बारेमा जानकारी गराउनु भएको थियो । कोभिड १९ पछि विस्तारै पुनः आयुर्वेद सेवा तर्फ नागरिकहरुको चासो बढ्न थालेको छ ।