बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले कक्षा ११ मा अध्ययन गर्न भर्ना भएको विद्यार्थीहरुलाई स्वागत गरेको छ । कार्यक्रमको पहिलो चरणमा नव आगन्तुक विद्यार्थीहरुलाई टिका, खादा लगाएर स्वागत गरिएको थियो भने दोस्रो चरण अन्र्तगत प्रतिष्ठानमा अध्यनरत विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
विगतका वर्षहरु झै यो वर्ष पनि मनसुन डान्स पार्टीको आयोजना गरेको थियो । उक्त स्वागत सांस्कृतिक एवं मनसुन डान्स पार्टी कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्य, प्रबन्ध निर्देशक प्रताप वैद्य, संचालक आत्मराम थापाका साथमा कलेज प्रमुख नवराज चौलागाई, सहायक प्रिन्सिपल रत्नराज खतिवडाकोे उपस्थिती रहेको थियो । नव आगन्तुक विद्यार्थीहरुलाई शैक्षिक प्रतिष्ठानका अध्यक्ष बैधले टिका, खादा लगाई दिएर स्वागत गर्नु भएको थियो ।









