बनेपा/नेकपाका महासचिव विष्णु पौड्यालले सरकारले गरिरहेको काम राम्रो भएको बताउँदै सरकारले राम्रो गर्ने र गर्दै जाने विश्वास ब्यक्त गरेका छन् । पहिलो पटक नेकपाको संयुक्त कार्यक्रम शुरु भएको हो ।
नेकपा काभ्रे जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै महासचिव पौड्यालले सरकारले दिर्घकालिन काम शुरु गरेको बताए । ‘मुलुक सम्वृद्धीका लागि दिर्घकालिन, अल्पकालिन र तत्कालिन कामहरुलाई प्राथमिकिकरण गरेको छ’–उनले भने–‘परराष्ट्र नीति, मौलिक हकका कानुन निर्माण तथा दिर्घकालिन योजनाहरुलाई अगाडी बढाएको छ ।’ गठवन्धन भत्काउन, प्रगतिशिल संविधान निर्माण हुन नदिन भएका प्रयासहरु असफल बनाउँदै मुलुक र विश्वलाई चकित पार्ने खालको कम्युनिष्ट एकता भएको उनले बताए । निर्वाचनमा दुई तिहाई नजिक पुगेको र स्वतन्त्र तथा अन्य दल सहितको सहकार्यमा दुई तिहाई मत पु¥याएको सरकारले मुलुकका लागि सुख शान्ति र सम्वृद्धी हासिल गर्ने बताए ।
पार्टी एकता ढिला र अलमल्ल भएकाले कार्यकर्ताहरुमा निराशा पैदा भएको तर्फ महासचिव पौड्यालले नेतृत्वको ध्यानकर्षण भएको बताए । नेकपा एमालेका तत्कालिन जिल्ला उपाध्यक्ष एवं नेकपाका नेता अशोक ब्याञ्जुले संचालन गरेको कार्यक्रम नेकपाका नेता एवं पुर्व राज्य मन्त्री सुर्यमान दोङ्गको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जिल्लाको विकासका लागि पाँचखालमा खानेपानी, इन्द्रावतीमा सुनकोशी ड्याम, धुलिखेलसम्म रेल, एयरपोर्ट, महाभारत ट्रेल जस्ता कार्यक्रम शुरु भएको बताए । सरकारले मुलुककै विकासका लागि भएका प्रयास र शुरुवाती कार्यको मन्त्री बास्कोटाले जानकारी गराए ।
नेकपाका नेता टोकबहादुर वाईवाले जिल्लाको समग्र विकासका लागि नेकपाका नेता कार्यकर्ताहरुको सक्रियता आवश्यक रहेको बताए । कार्यक्रममा नेकपाका प्रदेश ३ का अध्यक्ष्ँ नारायण दाहाल लगायत पदाधिकारीहरु, जिल्लाका पुर्व र वर्तमान सांसदहरु, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेकपाको जिल्लामा पहिलो संयुक्त कार्यक्रम रहेको चियापन कार्यक्रम अघि पार्टी संचालनका लागि सचिवालय गठन गर्ने निर्णय गरेको कार्यालय सचिव बसुन्धरा हुमागाईले बताए ।









